क्षतिपूति माग गर्दै उपभोक्ता प्राधिकरणमा

231833267_2950948631889710_6177577452227194525_n

कालिकास्थान, नेपाल विद्युत प्राधिकरण्का कर्मचारीले कालिका गाउँपालिका वडा नं २ मा शाखा लाइन मर्मतका क्रममा ०७८ साउन २४ गते चिलिमे जलविद्युत केन्द्रबाट राष्ट्रिय प्रशारण लाइनमा जोड्ने हाइएक्सटेन्सन लाईनमा शाखा लाइनको तार जुधेर घरघरमा हाइ भोल्टेजले विद्युतिय उपकरणमा क्षति पुगेपछि उचित क्षतिपूर्ति माग गरेका छन् ।
प्राधिकरणकै कर्मचारीका कारण उच्च विद्युत प्रबाह भएकोले घरघरका विद्युतिय उपकरण नष्ट भएकोले उचित क्षतिप्रर्ति दिनुपर्ने कालिका गाउँपालिका ३ का रामचन्द्र ढकालले बताउनुभयो । घरघरमा टिभी, ल्यापटप, मिटर, इन्टरनेको राउटर, मल्टिप्लग, डुम लाइट, केबुल तार , चिम, चार्जर, सेटअप बक्सलगायतका विद्युतिय उपकरणहरु जलेकोले क्षतिपूर्ति माग गरेका हुन् ।

कालिका गाउँपालिका वडा नं २ र ३ का केहीले बेग्ला बेग्दै निवेदन दिएका छन् २६ गते भने ३१ जनाले क्षति बिबरण संकलन गरी क्षतिपूतिमाग गरी संयुक्त निवेदन पेस गरेको स्थानीय राजु आचार्यले बताउनुभयो । स्थानीय कालिका गाउँपालिका वडा नं ३ कटुन्जेका कोमलनाथ न्यौपानेले आफ्नै बारीमा प्राधिकरणका कर्मचारीले काम गर्दा तार जुधेर पड्केको घटनाको आफु प्रत्यक्ष रुपमा देखेको दावी गर्दा पनि आफ्नो कारणले यो घटना नभएको भनेर प्राधिकरण वित्तरण केन्द्र कालिकास्थानका कर्मचारीले जिकिर गरेपनि केही कर्मचारीले भने भूलवस घटना भएको स्वीकार गरेपनि घटनाको ३ दिन बित्दा समेत कार्यालयले घटनाको कारण सार्वजनिक नगरेको उपभोक्ताको गुनासो छ ।

उपभोक्ताले कालिका गाउँपालिका, इलाका प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण धुन्चे शाखामा समेत जानकारी दिएका छन् । नेपाल विद्युत प्राधिकरण कालिकास्थान बितरण केन्द्रका इन्चार्ज घनश्याम शाहले निवेदन माथिल्लो निकायमा पठाउने बताउनुभयो ।

Comments

comments