गैर आवासीय नेपाली संघबाट पहिरो पीडितलाई राहत

RasuwaRasuwa

भदौ १४ गते

गैर आवासीय नेपाली संघ (NRNA Belgium) बाट आज २०७४ भाद्र१४ गतेका दिन रसुवा जिल्ला स्थित उतरगया गाउँ पालिका वडा न-४ पैरेबेशीका पहिरो तथा बाढी पीडितहरुकालागि आर्थिक सहयोग राहत रकम उपलब्ध गराएका छन ।

एनआरएन बेल्जियमका बर्तमान उपाध्यक्ष पदम गुरुङले आफ्नो ससुराली गाउँ क्षेत्र पैरेबेशीमा गत साउन २२ गते रातिको अविरल बर्षाले घर पुर्ण क्षती हुन पुगेका पीडितहरुका लागी आफ्नो तर्फबाट ब्यतिगत युरो १०००/- (नेपाली १,१७,५००/- रुपैया) सहयोग पठाउनुभएको हो ।

पैरेबेशीमा स्थानीयहरुको उपस्थितिमा बेत्रावतीका समाजसेवी  हरिबहादुर डंगोल  सहितको एक टोलिले पैरेबेशी पीडितहरुको स्थलगत अध्ययन तथा अबलोकन गरी एक  कार्यक्रमका बीच १२ घरधुरीलाइ राहत रकम हस्तान्तरण गर्नुभयो ।

प्राकृतिक  बिपत्ति घाउमामा ठूलो मनले मलमपटी लगाउन बिशेष सहयोग गरी अमुल्य योगदान पुर्याउनुहुने बेत्रावतीका चेली मिरा डंगोल  र गैर आवासीय नेपाली संघ ,बेल्जियम परिवार तथा  पदम गुरुङलाइ स्थानीय पैरेबेशीबासीहरुको तर्फबाट  हरिबहादुर घलेले हार्दिक आभार तथा धन्यवाद प्रकट व्यक्त गर्दै यो उहाँहरुको अमुल्य गुन  कहिल्यै बिर्सन नसकिने अभिव्यक्ति व्यक्त गर्नुभयो ।

बेल्जियममा स्थायी बसोबास गरी आफ्नो ब्यबसायमा  सफल मानिने सालिन ब्यक्तित्वका धनी   पदम गुरुङको नेपालमा परेको बिपत्तिमा सहयोग पुर्याउने समाजसेवी भाबना रसुवाको पैरेबेशिमा मात्रै होईन भर्खरै को नेपालको तराई क्षेत्रमा भएको बाढी पीडितकालागी गैर आवासीय नेपाली संघ ,बेल्जियम मार्फत कैयौं राहत सहयोग उपलब्ध गराइसक्नु भएको छ भने उहाँले नेपालको अन्य विभिन्न सामाजिक क्षेत्रमा ठुलो सहयोग गर्दै आइरहनु भएको छ ।

-शशिकुमार डंगोल

Comments

comments