गोसाइँकुण्डमा केवलकार निर्माण हुने

173902523_4028424007179669_2196231333796300275_n

रसुवा, लामो समयदेखि चर्चामा रहेको गोसाइँकुण्डमा केवलकार निर्माण अब चाँढै हुने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताउनुभयो ।
नववर्षको अबसरमा २६ औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष भलिबल तथा फुटबल कप–२०७८को अवसरमा खेल उद्घाटन गर्दै वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले खेल क्षेत्रको विकासका लागि सवैले ध्यानदिनुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र रसुवाको धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार हुने तथा गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।172567470_752648082282670_8674518279005154859_n

कार्यक्रममा बोल्दै मन्त्री आलेले कार्यविधि निर्माणको लागि यसअघि नै निर्देशन दिएको र यही बैशाख १० गते कार्यविधि तयार हुने उहाँले बताउनुभयो । कार्यविधि बनेपछि केबलकार निर्माणको बाँकी प्रक्रिया अघि बढ्ने छ । वार्षिक हजारौं तीर्थयात्री तथा विदेशी पर्यटक आउने गोसाइँकुण्डमा केवलकार निर्माण पछि अझै धेरै विदेशी पर्यटक आउने बताउनुभयो ।

केबलकार निर्माण गर्दा वातावरणमा कम क्षति हुने र अनुगमन गर्न समेत सहज हुने भएकाले इआइए अध्ययन गर्नका लागि अनुमति दिन उपयुक्त रहेको राय विभागमा पठाएसँगै प्रक्रिया अघि बढेको थियो । धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि मोटरबाटो निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा असर पर्नुका साथै वातावरणमा अधिकतम असर गर्ने भएपनि केबलकार निर्माण गर्दा कम असर देखिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । स्थानीय तहले लामो समयदेखि पहल गरिरहेकोले अब चाँढै गोसाइकुण्डमा केबलकार निर्माण सुरु हुने गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले बताउनुभयो । उहाँले भन्नुभयो यसले पर्यटन प्रवद्र्धनमा ठूलो प्रभाव पर्छ ।

Comments

comments