गोसाइँकुण्ड गाउँपालिकाले नवौं गाउँसभामाअधिकारकर्मी तथा पत्रकार सम्मानित

Journalist & HRA

रसुवा, असार १० गते । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले नवौं गाउँसभाको अवसरमा नागरिक अधिकारको पक्षमा योगदान गरेकोमा अधिकारकर्मी  तथा पत्रकार सम्मानीत भएका छन्  ।

Journalist & HRA
बिभिन्न माध्यमबाट नागरिक अधिकार रक्षाका लागि काम गरेका गाेरखापत्रका हेमनाथ खतिवडा, रेडियाे रसुवाका अध्यक्ष दीपक लामा, राष्ट्रिय समाचार समितिका ज्ञानेन्द्रनाथ न्यौपाने, कान्तिपुर दैनिकका बलराम घिमिरे, नयाँ पत्रिका दैनिककी अनु आचार्य, नेपाल टेलिभिजनका सुशील कोइरला, त्रिशूली प्रबाह साप्ताहिककी सरस्वती न्यौपाने, नागरिक दैनिकका हिमनाथ देवकोटा र रेडियो लाङटाङ रहेका छन् ।

सम्मानित हुने अधिकारकर्मी र पत्रकारहरूलाई पत्रकारहरूलाई ५ हजार रुपैयाँ नगद पुरस्कार सहित सहित सम्मानपत्र गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङले प्रमाण–पत्र प्रदान गर्नुभयो । बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा  प्रस्तुत तथा छलफलबाट पारित भयाे ।  202636161_10224609063629978_7988560161622504598_n

स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसविका सम्मानीत

गोसाइँकुण्ड गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरे सहित ११ जना स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसविकालाई सम्मान गरेको छ ।
गाउँपालिकाको नवौं गाउँसभाको अवसरमा शाखा प्रमुख घिमिरे सहित काेराेना महामारीकाे समयमा अहाेरात्र खटिने स्वास्थ्य क्षेत्रमा योगदान गर्ने ११ जना स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयमसविकालाई सम्मान गरेको हो ।


सम्मानित हुनेहररूमा रसुवा स्वास्थ्य चौकीका अहेब राजेश विष्ट, लाङटाङ स्वास्थ्य चौकीका प्रमुख खुम्बु बोहोरा, कोमिन स्यामेवाङ्फेल माविका विद्यालय नर्स प्रतिमा तामाङ, महिला स्वास्थ्य स्वयसेविका दावावाङ्मो तामाङ, वाङ्मो तामाङ, कार्मु तामाङ, फुर्पुग्याल्मो तामाङ, दावायाङ्जेन तामाङ, फूर्पु तामाङ रहेका छन् । त्यसैगरी स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्डमा ९२ अंक प्राप्त गरी रसुवा स्वास्थ्यचौकी सम्मानित भएको छ । सम्मानित हुनेहरूलाई ५ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

Comments

comments