चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष मनाउँदै

3500

१९२१ देखि २०२१ सम्म चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्षको इतिहासको दौडानबाट गुज्रिरहेको छ। सय वर्षको सङ्घर्षको क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले विश्वको ध्यानआकर्षण गर्दै उत्कृष्ट उपलब्धि हाँसिल सहित चीनलाई नेतृत्व गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जनताको लागि खुसी खोज्ने राजनीतिक पार्टी हो र मानव प्रगतिको लागि प्रयास गर्ने राजनीतिक पार्टी पनि हो। चिनियाँ कम्युनिस्ट पार्टीले आफूलाई सधैँ मानव जातिका लागि नयाँ र सकेसम्म अधिक योगदान पुर्याउने मिसन राख्दछ।commu

महासचिव सी जिन फिङले चिनियाँ कम्युनिस्ट पार्टीले गरेका सबै कुरा चिनियाँ जनताको खुसी, चिनियाँ राष्ट्रको लागि कायाकल्प र मानवजातिका लागि शान्ति र विकासका लागि भएको कुरा औँल्याउनुभएको छ। सन् २०१९ मा महासचिव सी जिन फिङको नेपाल भ्रमणको समयमा चीन र नेपालले बेल्ट एण्ड रोड संयुक्त निर्माणको रूपमा चीन-नेपाल पुस्ताका मैत्री चौतर्फी सहयोगी साझेदारी सम्बन्धलाई चीन र नेपाल विकास र समृद्धितर्फ उन्मुख हुने पुस्ताका मैत्री राजनितिक सहयोकात्मक साँझेदारी सम्बन्ध अघि बढाउने निर्णय गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनले नेपाललाई बेल्ट एण्ड रोड पहलमा धेरै सहयोग पुर्‍याएको छ। चीनको सहयोगमा चीन–नेपाल सीमापार रेलवे, त्रिशूली जलविद्युत् स्टेसन र पोखराको नयाँ विमानस्थल आदि पूर्वाधारहरूको निर्माणले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने छ। थप, नयाँ कोरोना महामारीको विरुद्ध लड्न चीनले नेपाललाई ठूलो ठूलो मात्रामा सामग्री सहयोग र प्राविधिक सहयोग पनि प्रदान गरेको छ। यसले महामारीको नियन्त्रण गर्न सहयोग गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्षको जन्मोत्सवको अवसरमा नेपाल र छिमेकी रसुवा जिल्लाका जनताले चिनियाँ कम्युनिस्ट पार्टी भविष्यमा ठूलो उपलब्धि हाँसिल हुने राम्रो शुभेच्छा प्रकट गरेका छन् र नेपालका कम्युनिस्ट पार्टीले पनि चीनले जस्तै प्रगति गर्ने आशा गरेका छन् ।

स्राेत : चिनियाँ न्युज एजेन्सी

Comments

comments