जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने नेता ढकाल

janardan_dhakal

रसुवा, जेठ २५ गते ।  नेकपा एमालेका जिल्ला नेता तथा संबिधान सभा सदस्य जनार्दन ढकालकाे पहलमा विभिन्न सडक स्तरोन्नतिका लागि  सङ्घीय सरकार र प्रदेश सरकारको साझेदारीमा ५५ करोड ५५ लाख ६५ हजार रूपियाँ बजेट विनियोजन भएकाे छ । उहाँले जनताकाे साथमा सदैव रहने बताउनुभयाे ।

विकासका काममा हाेस् वा विपद पराेस् उहाँकाे नाम अग्रपंतिमा आउने गरेको छ । नेता ढकालले जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने बताउनुभएकाे छ । नेता ढकालले २०७२ को विनाशकारी भूकम्पले चपेटा तत्कालकाे राहत , उद्दार, विस्थापित  बस्ती स्थानान्तरणदेखि रसुवाली जनातालाई उक्त पिडाका बखत पु¥याउनु भएको योगदान प्रशंसा योग्य रहेको थियाे । जिल्लाको विकास निर्माणदेखी अहिलेको कोरोना माहामारीमा नागरिकहरुको सुरक्षाको लागी उहाँको अहम भूमिका रहेको नेता ढकालकै पहलमा जिल्लाको विभिन्न सडक स्तरोन्नतिका लागि  संघीय सरकार र प्रदेश सरकारको साँझेदारीमा करोडौं रुपैयाँ बिनियोजन भएको छ । उहाँको पहलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले ५५ करोड ५५ लाख ६५ हजार रूपियाँ बजेट विनियोजन भएको छ ।  नेकपा एमालेका नेता ढकालले रसुवा जिल्लाको विकास निर्माण र नागरिकको सुरक्षाको लागी आफु सदैव अग्रस्थानमा रहेर कार्य गरिरहने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

JD

जिल्लाको विकासका लागी गरेको सराहनिय कार्यहरुको रसुवाली नागरिकहरुले उच्च प्रशंसा समेत गर्दै आएका नेता ढकाल भौगोलिक रुपमा विकट रहेको रसुवा विकासको लागी हरदम प्रयत्नरत रहनुभएको छ ।  रसुवाको कालिका गाउँपालिका अन्तर्गतको धारापानी–रुप्सेपानी–जिबजिबे–ज्याङल्याङ–मुडुल्ली भन्ज्याङ सडक स्तरोन्नती तथा धोबीखोला पुल निर्माणका लागि उक्त बजेट विनियोजन भएको हो ।

रसुवाको ग्रामीण कृषि सडक निर्माणकार्यका लागि  यति ठूलो बजेट पार्न सफल भएको यो पहिलो रहेको नेता ढकालले बताउनुभएको छ । उहाँको पहलमा सडक पुर्वाधारमा परेको बजेटको समुचित सदुपयोग गरी सुरक्षित सडक पुर्वाधार निर्माणका लागी नागकिहरुले सुझाव समेत दिएका छन् । २०७० सालको  संबिधानसभा निर्बाचनमा रसुवाबाट विजयी पछि जिल्लाकाे राजनीतिमा चर्चामा देखिएका नेता ढकाल २०७४ को प्रतिनिधी सभा निर्बाचनमा थोरै मतले पराजित हुनुभएको थियो । कुनै पनि पदमा रहेर वा नरहेर जनताकाे दु:ख सुखमा साथ दिने नेता ढकालले प्रण गरेकाे बताउनुभयाे ।

 

Comments

comments