जिल्ला समन्वय पदाधिकारीकाे सपथ ग्रहण सम्पन्न

286195891_5494703723887031_6102153632200958101_n

रसुवा, जेठ २८ गते । जिल्ला समन्वय समिति रसुवाको शनिबार भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका छ ।

समन्वय प्रमुख अशाेककुमार घिमिरेलाइ जिल्ला न्यायधीश तथा मूख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भएकाे थियाे भने प्रमुख घिमिरेले उप प्रमुख विजय लामा र सदस्यहरूलाइ पनि पद तथा गाेपनियताकाे सपथ ग्रहण गराउनु भयाे ।287715862_5494702597220477_1991444516628435128_n

कुल ९ सदस्यका लागि भएकाे निर्वाचनमा मत बराबरी भएपछि गोलाप्रथा गरिएको थियो । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिसस प्रमुखमा नेकपा एमालेका अशोक कुमार घिमिरे, उप प्रमुखमा एमालेकै बिजय लामा निर्वाचित भएका छन् भने समितिको सदस्यहरूमा नेकपा एमालेका कामीछिरिङ तामाङ, खुवाप्रसाद पौडेल र नेपाली कांग्रेसका खिलबहादुर न्यौपाने निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा एमालेकी देशी रानी तामाङ, नेपाली कांग्रेसकी कारतोक लामा र कांग्रेसकै सविता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी कार्यालयले जनाएको छ ।

286195891_5494703723887031_6102153632200958101_n