दिगो खाद्य प्रणालीको विषयमा छलफल

241745355_288809249295909_3620033944223846758_n

रसुवा, राष्ट्रिय कृषक समूह महासङ्घले रसुवामा दिगो खाद्य प्रणालीको विषयमा  जिल्ला स्तरिय छलफल कार्यक्रम कालिका गाउँपालिकाकाे भूमिघरमा सम्पन्न भयाे   ।241745355_288809249295909_3620033944223846758_n

कालिका गाउँपालिका उपाध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठ, प्रदेशका अध्यक्ष विजय लामा, मिरा शाह लगायतले दिगो खाद्य प्रणलीमा उत्पादन समुह तथा साना किसानको योगदान बारे सहजिकरण गर्नुभएको थियो ।  केन्द्रीय उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले कार्यक्रममा  दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान  र  राष्टिय कृषक समूह महासंघ, नेपालकाे संस्थागत संरचनाकाे विषयमा सहभागी बीच छलफल तथा सहजिकरण गर्नुभयाे । कार्यक्रममा कालिका गाउँपालिकाका जनप्रतिनिधी, जिल्ला भूमिअधिकार मञ्च रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ, साना किसान सहकारीका र कृषक समूहका पदाधिकारीहरु सहभागी थिए ।

Comments

comments