दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकद्धारा रसुवा भ्रमण

lnp

रसुवा, लामटाङ राष्ट्रिय निकुञ्ज भित्र पुस महिनामा दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन् । सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी भूपेन्द्र यादवका अनुसार नेपाली एक सय ६४ जना, सार्क मुलुकबाट ३२ जना, अन्य देशबाट ५२ जना रहेका छन् ।

उनीहरूबाट दुई लाख २० हजार चार सय राजश्व संकलन भएको छ । पदयात्राका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रपछिको तेस्रो गन्तव्य स्थलको रूपमा परिचित रहेको यस निकुञ्ज नेपालको पहिलो हिमाली राष्ट्रिय निकुञ्ज भएका कारण पनि अत्यधिक मात्रामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन्छ ।लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र रसुवा ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत, सिन्धुपाल्चोक ३६ प्रतिशत रहेको छ भने एक हजार सात सय १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।