देशभर ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित

Rapid-Corona-Test

जेठ २५ गते । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३  जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५  जनाको पिसिआर र  ५ हजार ६ सय ११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ३ हजार ८ सय ७०  जना र एन्टीजजिनमार्फत १ हजार २ सय ८३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १ सय ८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ५ सय ७० जना संक्रमित निको भएका छन्।

Comments

comments