द्वन्द्व पीडित पुडासैनीले उपचार सहयोग पाए

Min

रसुवा । ०७२ फागुन २४ गते

सशस्त्र द्वन्द्वका क्रममा यातना पाएका पीडित भोर्ले गाविस-१ का मीनबहादुर पुडासैनी ढाडको शल्यक्रिया गरी फर्केका छन् । आर्थिक अभावले उपचार खर्च जुटाउन नसकेपछि सहयोको लागी पीडित परिवारले अपिल गरेको समाचार लाङटाङ न्युज डटकम, इन्सेक अनलाइन लगायतका सञ्चर माध्ममा सम्प्रेशण भएपछि उनको उपचारखर्च जुटेको थियो ।

इन्सेक आनलाइनमा ०७२ माघ १९ गते द्वन्द्व पीडितको समस्या बल्झिदै र माघ २४ गते द्वन्द्व पीडितद्वार उपचार सहयोगको अपिल शिर्षकमा समाचार प्रकाशित भएपछि धेरैले सम्पर्क गरेपनि जिल्लाक सांसद जनार्दन ढकालको समन्वयमा जनआन्दोलन घाइते परिवार उपचार सहयोग कोषबाट १ लाख २० हजार रुपियाँ उपचर सहयोग प्राप्त भएको र सहयोगको आवश्यकता अझै रहेको उनकी पत्नी शर्मिला थापा क्षेत्रीले बताइन् ।

१० वर्षे सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकर्ताले एक छिन कुरा गर्नुछ भन्दै ०६२ कात्तिक २९ गते साँझ घरबाटै अपहरण गरी लगेर ९२ दिन पछि रसुवा, नुवाकोट र धादिङ जिल्लाको जंगलमा लगेर कुटपिट गरी शारिरीक तथा मानसिक यातना दिएका थिए ।

माओवादी कार्यकर्ताहरूको कब्जाबाट उनी उम्केर भाग्न सफल भएका थिए । ुमाओवादी कार्यकर्ताहरूले अपहरण गरी यातना दिएका कारण उनको ढाड दुख्ने समस्या देखिएको र उपचार सहयोग पाएपछि उपचार भएको उनको पत्नी शर्मीलले बताइन् ।

शल्याक्रिया गर्न लामो समय बिभिन्न अस्पतालमा उपचार गर्न झण्डै ४ लाख रुपियाँ खर्च लागेको लामो समय आराम गरेर औषधी सेवन गर्नु पर्ने भएकोले खर्च अझै धेरै हुने पीडित पुडसैनीले बताए ।

तत्कालिन नेकपा माओवादी कार्यकर्ताले आफूहरू विरुद्ध सुराकी गरेको भन्दै ९२ दिनसम्म अपहरण गरी जंगमा लगेर विभिन्न किसिमका मानसिक र शारिरीक याताना दिएका थिए । उनीहरूको कुटाइले गर्दा यस्तो समया भयो(पीडितले भने अहिले केही त उपचारका लागी खर्च जुटाएर उपचार भयो, नियमित औषधी सेवन र पुन जाँच गराउनु छ ऋण कसरी तिर्ने हो राम्ररीसन्चो भए त कमाउँथे । ु

मेरुदण्ड र दाहिने तिघ्राको जोर्नी नजिकै तीन सेमी प्वाल परेको यियो । हड्डीमा प्वाल देखिएकोले चिकित्सकले शल्यक्रिया उचारका लागी झण्डै ४ लाख रुपियाँ लागेको उनले बताए ।

Comments

comments