धार्मिक, पर्यटकीय, ऐतिहाँसिक स्थल- धैबुङ चित्रकालिका मन्दिर

1522901_10202471241438259_2140691802_o

रसुवाको दक्षिणी भेगमा अवस्थित धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्वको रूपमा कालिकामाई मन्दिर (‘धैबुङ चित्रकालिका माईको नामले ) चिनिदै आएको छ । यो मन्दिर धैबुङ्ग कालिका गाउँपालिका २  कालिकास्थानमा अवस्थित छ । विविध महत्व बोकेको कालिकामाई मन्दिरको नामबाटै यस ठाँउको नाम कालिकास्थान रहन गएको स्थानीय समाजसेवी झंकनाथ न्याैपाने बताउँछन् ।1522901_10202471241438259_2140691802_o

कालिकामाई मन्दिर पासाङल्हामु राजमार्गको काठमाण्डौँदेखि ९४ किमी उत्तर, रसुवा जिल्लाको सदरमुकाम धुन्चेदेखि २४ किमी दक्षिणमा पर्ने प्राकृतिक सौन्दर्यले भरिपूर्ण मध्य पहाडको काखमा रहेको छ ।

सामुद्रिक सतहदेखि ६ सय मिटर उचाईमा रहेको वेत्रावती (उत्तरगया) त्रिवेणीदेखि उठ्दै गएको पहाडको टुप्पोमा करिव १४ सय मिटर उचाईमा रहेको यस क्षेत्र न गर्मी, न जाडो ९ गर्मीमा हिमालको हावा वहने र जाडोमा पनि तुषारो नपर्ने, विहान सबेरै रवीको किरणद्दारा प्रज्ज्वल्लमान हुने र रमणीय वस्तीको लागि उपयुक्त वातावरण भएको स्थानको रूपमा चिनिन्छ ।

प्राकृतिक दृश्यको धनी, ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।

1602203_10202471221837769_508209249_o

वि.सं. २०६० सालमा राम्चेको पहिरोले त्यहाँ स्थित सैनिक ब्यारेक बगाएपछि विस्थापित सेना यस मन्दिर परिषरमा बस्दै आएका छन् । पहिले त्यहाँ काठमाण्डौं, ललितपुर, भक्तपुर र नुवाकोटका विभिन्न स्थानबाट समेत वनभोज र कालिकामाईको दर्शन गर्न तथा त्यहाँबाट देखिने विभिन्न दृष्यको अवलोकन गर्न आउँथे । यो स्थान ब्यारेकले ओगटेपछि अहिले दैनिक रूपमा पूजा आजा गर्न आउनेको संख्या घटेको छ भने वनभोज गर्न आउनेका लागि पनि ठाउँ अभाव भएको छ । सैनिक ब्यारेक अन्यत्र सारेर त्यस ठाउँलाई धार्मिक तथा ऐतिहासिक रूपमा विकास गरी पिकनिक स्थलको रूपमा पनि विकास गर्न सकिने स्थानीयबासी बताउँछन् । हाम्रो कालिकास्थानको प्रचार गरी पर्यटन विकास र प्रवर्दनमा टेवा पु¥याऔं ।

अक्षरहरू हाम्रो कालिकास्थान धैबुङ्गरसुवा को फेसबुकबाट साभार

Comments

comments