सरस्वती न्याैपाने
रसुवा, रसुवाको साबिक धुन्चे गाविस वडा नम्बर ९ हालको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङमा भिर फुटाएर बनेको नागुङ कृषि सडकको ट्र्याक खोलिएपछि सडक बनेको छ । सडक खनेर माेटर पुगेपछि स्थानीय खुशी भएका छन् ।
त्यहाँ ५० घुरघुरीलाई आवतजावतमा सहज भएपछि त्यहाँका स्थानीयहरूलाई सहज भएको छ । शनिवार गोसाईंकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङले सडक उद्घाटन गरेको छ । अध्यक्ष तामाङले यो ट्र्याक मात्र खोलियो यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । नागुङ गाउँका बासिन्दालाई आवतजावत गर्न माछा पालन लगायत विशेष गरी स्याउ तरकारी खेती बजारसम्म पुर्याउन‚ बिरामी पर्दा सहजता भएको छ‚ अध्यक्ष तामाङले भने ।
गोसाईंकुण्ड गाउँपालिकाले ५० लाख लागतमा गत वर्ष नै बन्नुपर्ने सडक विविध कारणले गर्दा ढिला भएको हो। नागुङका स्थानीय निमादावा तामाङले यो सडकले यहाँका ५० घरधुरीलाइ आवतजावतमा सहज भएको बताए । उनका अनुसार यस गाउँमा पुग्न हिँडेर दुईदेखि तीन घण्टा लाग्दथ्यो । अब सजिलै पुग्न सकिने भए । सडक बन्यो तरकारी किनबेच गर्न बजार पुग्न सजिलो भएकोमा स्थानीय कृषक ग्यालदोर्जे तामाङले बताए ।
सदरमुकामको नजिक सडक सञ्जालबाट टाढा हेर्दाखेरि बाँदर लड्ने भिर छ । यस्तोमा पनि सडक पुग्छ ? भनेर सबै जना यस गाउँका बासिन्दाका लागि चिन्तित थिए । तर आज सडक जोडेर सहज बनाएको छ‚ नागुङ कृषि सडक उपभाेक्ता समितिका अध्यक्ष पासाङ शेर्पाले भने । सडक सञ्जालले जोडिएपछि शिक्षा,स्वास्थ्य,रोजगार,कृषि क्षेत्रमा राम्रो हुने त्यहाँका स्थानीय समाजसेवी सुवास तामाङले बताए । कार्यक्रममा गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ,उपाध्यक्ष करग्याल्मो श्रेष्ठ वडा अध्यक्ष दावा सिदार वाइबा, लगायत समाजलाई योगदान पुर्याएका व्यक्तित्व स्थानियबासिहरूको उपस्थिति रहेको थियो ।
Related Posts
- स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड
- गाेसाइकुण्ड मेला सम्पन्न १० हजार भक्तजनले मेला भरे
- एमाले कार्यकर्ता प्रशिक्षण सम्पन्न
- बनुवाडाडाँ नजिकै पहिराे जाँदा पासाङ ल्हामुमार्ग अवरूद्ध, धेरै खेती बगायाे
- मृत्यु संस्कारमा मदिरा प्रयोग नगरे वडा कार्यालयले नगद प्रदान गर्ने
- स्कुल अफ व्युटीसियन आइटिसीको १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न