नेपाली कांग्रेस रसुवाकाे सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ

262163766_2094569234026662_5224619746209784416_n

रसुवा, नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत रसुवामा भएको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । मंगलबार धुन्चेमा प्रदेश, प्रतिनिधिसभा र जिल्लाको अधिबेशनमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । वडा अधिबेशनमा बिवाद भएपछि राेकिएकाेमा गाउँपालिका अधिबेशन छाडेर जिल्ला अधिबेशन सम्पन्न गरेकाे छ ।263019330_3123802167943878_6649514161444100594_n

नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङले पुन: सर्वसम्मत नेतृत्व लिएका छन् ।  उप सभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् । त्यसै गरी नेपाली  प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्याम कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिबमा राजु तामाङ र बिशाल घले सर्वसम्मत चयन भएका छन् । प्रदेश सभा क्षेत्र ‘ख’ को सभापतिमा बुचुङ तामाङ सर्वसम्मत चयन भएका छन् । उप सभापतिमा लाक्पा कामी तामाङ, सिंगी लामा, सचिवमा नीलनाथ आचार्य, खुवाबहादुर तामाङ, सह सचिबमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत चयन भएका छन् ।

केन्द्रीय महाधिबेशन प्रतिनिधिमा २६ जना सर्वसम्मत चयन भएका छन् । मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावामेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किबुटी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङफिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशी अधिकारी, सरला देवकोटा, नुर्बुसाङ्बो घले र अनिल भूषाल सर्वसम्मत चयन भएका हुन् ।

प्रदेश सभा क्षेत्र नम्बर (क) को क्षेत्रीय अधिबेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पूग्याम्जो तामाङ, कामीसिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने ‘बलराम’, भोजबहादुर बिक., गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

त्यसै गरी प्रदेश सभा क्षेत्र नम्बर (ख) को क्षेत्रीय अधिबेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शन कुमार पौडेल, निर्मल बिक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकर कुमार तामाङ, उदय लामा, बिद्या लक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर बिक सर्वसम्मत चयन भएका छन् ।

पुराना नेता र कार्यकर्ता गुमनाम

नेपाली काँग्रेस रसुवाकाे इतिहासमा लामाे समय संघर्ष गरेका केही नेताहरू यस अधिबेशनबाट गुमनाम देखिए । ०५१ सालमा प्रतिनिधी सभामा उम्मेद्वारी दिएका र थाेरै मतले पराजित भएका बालचन्द्र पाैडेल कतै जिम्मेवारीमा छैनन् । युवा नेता जनकजीवन उपाध्याय, नेताहरू शराेज न्याैपाने, रेबकुमार पाैडेल, पदम न्याैपाने, शान्ता खड्का, बिप्लव खड्का , बलराम पाैडेल, देवकी रैला, लेखनाथ अधिकारी, रामसिं तामाङ, भीम सुवेदी, लीला तामाङ, पासाङ तामाङ, मिलन लामा, कामीग्याल्बाे तामाङ, रेबकुमार पाैडेल, बमबहादुर तामाङलगायत दक्षिणी भेगका धेरै नेताहरू यस अधिबेशनबाट गुमनाम देखिए । धेरै पूराना कार्यकर्ता र नेतालाइ पाखा लगाएर अघि बढ्ने पराजित मानशिकता देखिएकाे एक नेताले प्रतिक्रिया दिएका छन् । वडा तहमा विवाद पछि जिल्ला अधिबेशनमा जाने वातावरण नै नदिएपछि एक पक्षले मात्र अधिबेशन सकेकाे असन्तुष्ट पक्षकाे भनाइ छ । पूर्व नयाँ शक्तिबाट प्रदेश सभा सदस्य प्रेम तामाङ पक्षधरका समेटेर कांग्रेसका पुराना नेता कार्यकर्तालाइ जिल्ला अधिबेशनमा सहभागी हुन नदिइ अधिबेशन सकेकाे आारोप छ ।

Comments

comments