नेपाल कम्युनिष्ट पार्टी रसुवाले सरकारकाे बिराेधमा प्रेस विज्ञप्ति जारी

190747289_905095396705214_7788451668203504453_n

रसुवा , जेठ १० गते । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रसुवाले प्रेस विज्ञप्ति जारी गरी सरकारकाे कमदकाे बिराेध जनाएका छन् । काेराेना भाइरस (काेभिड-१९ ) का कारण नागरिकमा ठूलाे त्रास फैलिएकाे समयमा सरकार भने सरकारकाे खेलमा लागेकाे प्रति सवै सराेकारवालाहरूकाे ध्यानाकर्षण गराउँदै १० बुँदा रहेकाे प्रेस विज्ञप्ति  जारी भएकाे छ ।

एक प्रेस विज्ञप्तिमार्फत  स्वास्थ्य सुरक्षाकाे सवालमा ध्यान दिएर नागरिककाे जीवन रक्षाका लागि लाग्न जाेड दिइएकाे छ । प्रेस विज्ञप्तिमा जनताको स्वास्थ्य सुरक्षामा सरकारले खेलवाड गरेको भन्दै तत्काल अक्सिजनको आपूर्ति एवं गुणस्तरीय स्वास्थ्य उपचार व्यवस्था मिलाउन माग गरेको छ । जिल्ला ईन्चार्ज ध्रुव र सेक्रेटरी विराजले दशबुँदे माग सहित जनताले उपचार नपाएर भोगेको दुःख र पीडाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

साे विज्ञप्तिमार्फत् कोरोनाका विरामीको उपचारको उचित प्रवन्ध मिलाउन र पिसिआर जाँच लगायतका कामहरुलाई तिब्रतामा लैजान पनि माग गरेका छन् ।

विज्ञप्तिका मागहरुः

कोभिड–१९ को दोस्रो भेरियन्टको लहरसँगै देशको अधिकांश भाग लपेटिएको छ । यसको फैलावट दैनिक बढिरहेको छ । एकातिर संक्रमण गाउँटोल र सम्भवत घरघरमा फैलिएको छ भने अर्कोतिर अस्पतालमा भर्ना भएका विरामीहरुले अक्सिजनको अभावमा ज्यान गुमाउनु परिरहेको कहालिलाग्दो अवस्था छ । निजी अस्पतालहरुले अक्सिजन र बेडको अभाव देखाएर उपचार गर्न नसकिने घोषणा गरिसकेका छन् । यो अत्यन्त संकटपूर्ण घडीमा सरकार सत्ताको खेलमा लिप्त हुँदै कथित संसदीय चुनावको घोषणा गरी जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएको छ । उता यहिबेला कयौं निजी अस्पतालले विरामीहरुबाट चर्कोरुपमा रकम असुली गरिरहेका छन्,लुटिरहेका छन् । हालसम्मको परिणाम अनुसार रसुवा जिल्लामा पनि काेराेना भइरस (कोभिड–१९) संक्रमित र मृत्युको दर बढिरहेको छ । संक्रमण पुष्टि भएका अधिकांश जनता घरमै आइसोलेसनमा छन् । त्यो भन्दा कयौं गुणा ठूलो संख्या पिसिआर जाँचबिना नै घर घरमा रहेका छन् । जिल्लामा एउटा व्यवस्थित अस्पताल नहुँदा कोभिड-१९ का विरामीहरुले समयमै गुणस्तरीय उपचार नपाएर मृत्युवरण गरिरहेको दुःखद दृश्य हाम्रै आँखा अगाडी देख्न परिरहेको छ । यो अवस्थामा रसुवा जिल्ला र समग्र देशको अवस्थालाई ध्यानमा राखेर सरोकारवाला सबैमा गम्भीर ध्यानाकर्षणका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

१) पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्ती प्रत्यक जिल्लामा सरकारी स्तरबाट अक्सिजन प्लान्टको निर्माण यथाशिघ्र आरम्भ गरियोस् । तत्कालका लागि देश भित्र र बाहिरका निकायहरुबाट आपूर्तीको पहल गरियोस् ।

२) कोरोनासँगको यो महायुद्धमा आफ्नो जीवनको बाजी थापेर उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र अन्य स्वयंसेवकहरुको प्रोत्साहन भत्ता अबिलम्ब उपलब्ध गरियोस् । साथै कर्तव्य पालनाको सिलसिलामा कसैको ज्यान गएमा निजका परिवारको सम्पूर्ण जिम्मा राज्यले लिने नीति तत्काल घोषणा गरियोस् ।

३) कोरोना संक्रमित जनताको सम्पूर्ण उपचारमा लागने खर्च राज्यले उपलब्ध गराओस् ।

४) सम्पूर्ण निजी अस्पतालको राज्यले अबिलम्ब जिम्मा लिई जनताको उपचार व्यवस्था प्रभावकारी र सुलभ गरियोस् ।

५) कोरनाका विरामीको लागि एम्बुलेन्स (हवाई तथा गाडी) भाडा एवं शव व्यवस्थापन देशभरी निःशुल्क गरियोस् ।

६) पिसिआर जाँच निःशुल्क गर्नुका साथै पिसिआर जाँच गर्ने घुम्ती टोलीको व्यवथा गरियोस् ।

७) आइसोलेसन सेण्टरहरु आवश्यकता हेरेर वडास्तरसम्म विस्तार गरियोस् ।

८) कोरना बाहेकका विरामीहरुको उपचारका लागि निश्चित अस्पताललाई तोकेर स्वास्थ्यसेवा निःशुल्क नियमित गरियोस् ।
९) समग्र आपूर्ती व्यवस्थालाई सुदृढ गर्नुका साथै खाद्य लगायत अतिआवश्यकिय सामग्री हरुको भण्डारण तथा बिक्रि वितरणलाई सहज गरियोस् । साथै कालोबजारी र मूल्य वृद्धि नियन्त्रण गरियोस् ।

१०) पहिलो चरणको खोप लिसकेका व्यक्तिहरुलाई दोस्रो चरणको खोप उपलब्ध गराउनुको साथै प्रत्यक नागरिकलाई खोपको अबिलम्ब व्यवस्था गरियोस् ।

अन्त्यमा विज्ञहरुका अनुसार कोभिड–१९ अतिउत्परिवर्तनीय क्षमता भएको भाइरस भएकोले अझैं अरु केही लहरहरुको समेत मानवजातिले सामना गर्नुपर्ने हुन सक्छ । अतः यसलाई समेत ध्यानमा राखेर आगामी जनसुरक्षाका रणनीति तर्जुमा समेत बेलैमा गर्न नेपाल सरकार र सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं । हाम्रो पार्टीको रसुवा जिल्ला समिति यो संकटमाथि विजय प्राप्त गर्न सबैसँग निरन्तर सहकार्य सहयोगको प्रतिवद्धता व्यक्त गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टीका रसुवाले सरकारकाे बिराेधमा जारी प्रेस विज्ञप्ति हेर्नुहाेस् :

190747289_905095396705214_7788451668203504453_n

Comments

comments