नौकुण्ड गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कार्य सञ्चालन

IMG_20210707_122611

रसुवा, असार २४ गते । बागमति प्रदेशको रसुवा जिल्ला अन्तर्गत ५ वटा स्थानीय तहमध्ये नौकुण्ड गाउँपालिकाले आफ्नै भवन निर्माण गरी दैनिक कार्य सञ्चालन थालनी गरेको छ । आफ्नै भवनमा कार्यसञ्चालन गर्ने रसुवाको पहिलो स्थानीय तह हो ।

पाँचवटै स्थानीय तहले निर्वाचापछि सवै स्थानीय तहले भवन निर्माण गर्न प्रयास गरेपनि अन्य गाउँपालिकाले भवननिर्माणको लागि जग्गा व्यवस्थापन गर्न सकेनन् भने कालिका गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । नौकुण्ड गाउँपालिकाले भने यस अघि पा¥च्याङ गाउँमा रहेको कार्यालय गाउँभन्दा माथि भवन निर्माण गरेर कार्यालय सरेको छ । भाडामा रहेकाे गाउँपालिका भवन निर्माण गरेर ०७७ माघ १० गते गरेकाे थियाे ।

IMG_20210707_122611
गतवर्ष नै ८ रोपानी जग्गा निःशुल्क व्यवस्थापन गरी भवन निर्माण थालनी गरेको नौकुण्ड गाउँपालिकाले आफ्नै लगानीमा १४ कोठे भवननिर्माण सम्पन्न गरेको हो । अहिले नौकुण्ड गाउँपालिकाले नयाँ भवनबाट आफ्नौ दैनिक कार्यसञ्चालन गरेको छ । नौकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीका अनुसार अघिल्लोवर्ष उपभोक्ता समितिमार्फत ४० लाख रुपियाँ र टेण्डरमार्फत ३० लाख गरी कुल ७० लाख रुपियाँ गाउँपालिका आफ्नै लगानीमा भवन निर्माण गरिएको हो । भवन निर्माण गरेपछि दैनिक कार्यसञ्चालनमा सहज भएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउँनुभयो । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत स्वास्थ्य, शिक्षा, युवा तथा स्वरोजगार, न्यायिक समिति, महिला बालबालिका, शाखा, लेखा, उद्योगलगायतका शाखाहरूका लागि कोठा उपलब्ध छन् । भवनमा सवै शाखाका लागि छुट्टाछुट्टै कोठा पर्याप्त नहुने भएपछि केही शाखाहरू बहिर रहेका छन् । कृषि, पशु, आयूर्बेद, र स्टोर शाखा भने अझै बाहिर छन् । तालिम हल र क्यान्टिन भने छुट्टै निर्माण भएको छ ।

स्थानीय नौकुण्ड गाउँपालिका–३ पा¥च्याङका दमैसार्की घले र उहाँको दाजुभाइले गाउँपालिका र प्रहरी गाउँपालिका र चौकी भवन निर्माणका लागि ८ रोपनी जग्गा निःशुल्क प्रदान गरेपछि त्यहाँ भवन निर्माण थालनी भएको थियो । “भवन बनेपछि एउटै छानामुनी सवै शाखा, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको कार्यकक्ष, न्यायिक समितिलगायत शाखाहरू आफ्नै भित्र सहज रुपमा काम सुरु गरेका छौं उपाध्यक्ष लामाले भन्नुभयो ।

विकास सडक र भवन निर्माणमा पनि जोड् दिएका छौं । जनप्रतिनिधी निर्वाचित भएपछि हालसम्म १ सय किमी बढि ग्रामीण सडक निर्माण र नियमित स्तरोन्तीको काम भएको छ भने ६ वडा रहेको गाउँपालिकामा ३ वटा वडा कार्यालय भवन समेत निर्माणको समेत सकिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पूसाङबो घलेले बताउनुभयो । नौकुण्ड गाउँपालिकाले भौतिक पुर्वाधार निर्माणमा जोड्दिएको छ । प्रहरीचौकी, विद्यालय भवनहरू पनि निर्माण भएका छन् भने गाउँगाउँमा जोडिएका ग्रामीण सडकहरू मध्ये स्याउबारी–लोकिल– लाङबु सडक बाहेका अन्य सडक वर्षातका कारण अवरुद्ध भएका छन् ।IMG_20210707_122610_1

Comments

comments