नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैकबीच सहुलियत कर्जा संझाैता

Gbime Naukunda agriment

रसुवा , असार २० गते । नौकुण्ड गाउँपालिका र ग्लोबल आइएमई बैकबीच सहुलियत तथा व्यवसायीक कर्जा प्रदान गर्ने संझौता भएको छ ।
गाउँपालिकाको तर्फबाट अध्यक्ष नुर्पुस्याङबो घले र ग्लोवल आइएमई बैकका तर्फबाट रमेश पनेरुले हस्ताक्षर गरेका छन् ।Gbime Naukunda agriment

ग्लोबल आइएमइ बैंकले स्थानीय तहसँग समन्वय गरेर सहुलियत कर्जाका लागि ब्याज अनुदान सहायता कार्यबिधि २०७५ को संशोधन सहित उद्यमी , व्यवसायीहरुलाई व्यवसाय सुरुवात तथा बिस्तार गर्न ऋण प्रदान गर्न कार्यबिधि बनाएर सहुलियत कर्जा प्रबाह गर्न संझाैता भएको गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयो । यसले लगानी अभावले पछि परेका स्थानीय तहका उद्यमीलाइ सहज हुने विस्वास गरिएकाे छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँमा बाख्रापालन, डेरी उद्याेग, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८ सय भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।Naukunda Gbime

संझाैता पत्र

212836200_491467708848468_3207365087278788491_n

212757833_622124028752630_5735454392096481184_n213016369_494410231664669_2352232395154184033_n

Comments

comments