प्रथम गाउँपालिका अध्यक्ष भलिबल कप हुने

REDPANDA

रसुवा, जिल्ला स्तरिय प्रथम गाउँपालिका अध्यक्ष भलिबल, फुटबल कपको आयोजना हुने भएको छ । जिल्लामै पहिलो पल्ट हुन लागेको गाउँपालिका अध्यक्ष कपसँगै वृहद साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

वैशाख ७ गते हुने उक्त कार्यक्रम गोसाइकुण्ड गाउँपालिका स्थित धुन्चेमा हुने छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहनेछ । यस कार्यक्रमको आयोजक भने गोसाइकुण्ड गाउँपालिका, जिल्ला समन्वयन समिति र लाङटाङ राष्ट्रिय निकुञ्ज रहेको छ ।

Comments

comments