रसुवा, असोज २१ गते । बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभयाे । सरकार अल्पमतमा देखिए पनि विश्वासको मत पाउने सम्भावना रहेको बताउनु भएको छ ।
बागमती प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको जानकारी दिँदै आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको बताउनुभयो । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकार अल्पमतमा देखिएकाे बताउनुभयाे । उहाँले शुक्रबार नेकपा एमाले रसुवाले कालिकास्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा बताउनु भएको हो । सरकारले विश्वासको मत लिने बारे छलफल भइरहेकाे पनि उहाँले बताउनुभयाे ।
प्रदेश सरकार अल्पमतमा देखिएको तर सरकारले विश्वासको मत पाउने सम्भावना रहेको पनि बताउनुभयो । “हामी छलफलमा छौं २४ गते संसदको बैठक बोलाएका छौं शाक्यले बताउनुभयो ।” शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, राजनीतिक स्थिरता, सुशासन सरकारको मुख्य प्राथमिकता रहको पनि उहाँले जोड् दिंदै ३ तहको सरकारमा वर्चश्व रहेर पनि बिचार र सिद्धान्तलाई आत्मसाथ गर्न नसकेर एमाले कमजोर देखिएकोले अब सवै कार्यकर्ताहरुलाई कमिटी गत प्रणाली अनुरुप एकजुट भएर लाग्न पनि उहाँले आग्रह गर्नुभयो । रसुवामा एमालेमा प्रबेश गर्ने युवाहरूकाे लहर नै देखिएकाेले यस्ताे लहरले एमाले सफल हुने पनि बताउनुभयाे ।
कार्यक्रममा एमाले नेता केन्द्रीय सदस्य खेम लोहनी, माधव अर्याल, संबिधानसभा सदस्यहरु छोवाङ तामाङ, जनार्दन ढकाल, जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, एमाले नेताहरू अशाेक घिमिरे, पेम्पा लामा, तेम्बेल लामा, सिता अधिकारीलयायतका जिल्ला नेताहरुले आफ्नो धारणा राख्दै बिजया दशमीको शुभकामना दिनुभयो । कार्यक्रममा ३ सय ६५ जना बिभिन्न दल परित्याग गरी एमाले प्रवेश पार्टी अध्यक्ष कर्नयाल लामाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार प्रिया भण्डारीले र स्थानीय कलाकार साँस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।