यसपालि प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले एक भव्य कार्यक्रमको आयोजना गरि २० औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान, मायाको चिनो र आफ्ना प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन कोर्स पूरा गरेको प्रमाणपत्र वितरण गरेको छ। नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यबस्था गर्दै आएको छ।
एकान्तकुना जाउलाखेल ललितपुरमा अबस्थित प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकी संचालक रेनु राना मगरको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय पम्फा भुसालको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिहरु बरिष्ठ सौन्दर्यबिदहरु सोनी कारंजित, रुश्का श्रेष्ठ, रश्मिला श्रेष्ठ, लक्ष्मी महत, रमिता महर्जन, सविता दुवाल, मंजु श्रेष्ठ, बरिष्ठ पत्रकार डब्बु क्षेत्री, लोकप्रिय गायिका मन्जु पौडेल, गायक तथा कलाकार यमन श्रेष्ठ, फेसन डिजाइनर काजल शर्मा, संचारकर्मी पुरुश्वतम बस्नेत र समाजसेवीहरु सुन्दर थापा, रमेश बखाती, दिपक न्यौपाने,उमेश कुमार पाण्डे, शिब कारंजित, अमर अधिकारि तथा अन्य कलाकारहरुलगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
२० औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बरिष्ठ सौन्दर्यबिद रचना शाक्य, कुमारी सिग्देल लामिछाने, सौन्दर्यकर्मीहरु देबी महर्जन, शान्ति महर्जन, सुलोचना श्रेष्ठ, अप्सरा बुढा, ललिता लामा, राधिका थापा मगर(श्रेष्ठ), रिना महर्जन, रुबी महर्जन, सम्झना बोगटी, संगीता डंगोल, सुनिता दाहाल, सुस्मिता दंगाल कार्की, मन कुमारी पुन, गायिका ऋतु कंडेल, गीतकार पुरुश्वतम सानु, समाजसेवीहरु गीता पन्त आचार्य र रमिता महर्जन श्रेष्ठलाइ सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री माननीय पम्फा भुसालले सौन्दर्य पेशामा महिला दिदिबहिनिलाइ सक्षम र दक्ष बनाइ स्वरोजगारको बाताबरण बनाइ हजारौं महिला दिदीबहिनीहरुलाई आत्मानिर्भर बनाउदैं राष्ट्रलाइ पुर्याएको योगदानको मुल्यांकन गर्दै रेनु राना मगरको प्रशंसनीय कार्य भएको बताउँदै २० औं वार्षिक उत्सबको शुभकामना दिएको थिइन्।
कार्यक्रममा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकी अध्यक्ष एबम बरिष्ठ सौन्दर्यबिद रेनु राना मगरले सम्बन्धित सौन्दर्यकर्मी, समाजसेवी, गायिका र गीतकार लगायतले आ आफ्नो क्षेत्रमा निरन्तर योगदान दिँदै आएकाले उहाँहरुलाई सम्मान गरिएको कार्यक्रममा बताईन् । २० औं वार्षिक उत्सबसम्म आईपुग्दा प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको बताईन् । कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले केक काट्दै प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरलाई शुभकामना दिएका थिए। कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार सुर्य चन्दले गरेका थिए।
Related Posts
- बाल यौन दुरुपयोगको अभियोगमा होस्टल वार्डेन थुनामा
- ठूलो स्याफ्रुमा सिंचाइ योजनाले स्थानीय किसान उत्साही
- अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी IPO निष्कासन हुने
- पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन
- स्थानीयलाइ रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्कासन
- माथिल्लो सान्जेनको १४.८ मेगावाट विद्युत चाँढै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने