फेकाेफाेनद्धारा उत्तरगया गाउँपालिकामा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

199774430_1119637031879472_5973356081585368589_n

रसुवा, जेठ २६ गते । काेराेना भाइरस (काेभिड-१९ ) दोस्रो लहरकाे संक्रमणलाई रोकथाम तथा उच्च जोखिमबाट बच्नको लागि सामूदायिक वन उपभोक्ता महासंघ (फेकाेफाेन) रसुवाले उत्तरगया गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । 199774430_1119637031879472_5973356081585368589_n

बुधबार उत्तरगया गाउँपालिकाको कार्यालय खाल्टेमा भएको एक कार्यक्रमका वीच सामूदायिक वन उपभोक्ता महासंघ (फेकाेफाेन) रसुवाका अध्यक्ष लीलानाथ न्यौपाने र फेकाेफाेनका स्थानीय कार्यक्रम संयोजक दिवसकुमार परियारले गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्साललाई हस्तन्तरण गर्नु भएको हो । फेकोफनले प्रदान गरेकाे सामग्रीहरूमा  सेनिटाइजर ५० मिली लिटरको १ सय ३० गोटा , १०० मिली लिटरको ५० पिस , ५० पिस सर्जिकल पन्जा, २ पाकेट फुल पन्जा गरी १५ हजार ५ सय रूपियाँ वरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हो । काेराेना भाइरसकाे संक्रमण ग्रामीण क्षेत्रमा बढ्दै गएकाे समयमा स्वास्थ्य सुरक्षाका लागि सामग्रीले उपलब्धि हुने जनाइएकाे छ ।

स्वास्थ्य सामग्री सहयोग तथा हस्तान्तरण कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्रराज लम्सालले स्थानीय समुदायले प्रकृतिकाे संरक्षणमा स्थानीय र सामूदायिक वन उपभाेक्ता महासंघको महत्वपूर्ण भूमिका रहेसँगै फेकोफनले गरेकाे स्वास्थ्य साम्रगी सहयोगलाई धन्यवाद दिंदै आगामी दिनमा पनि उत्तरगया गाउँपालिका र फेकोफन सहकार्य गर्दे जानुपर्ने बताउँनुभयो । कार्यक्रममा उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, प्रमुख प्रशासकीय अधिकृत अर्जुन खडका, स्वास्थ शाखा प्रमुख रविन्द्र ठकुरी , फेकोफनका स्थानीय उपभोक्तालगायत उपस्थित थिए ।

Comments

comments