स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियनकाे भर्चुअल पत्रकार सम्मेलन

215332883_358383612401688_2375013299201631587_n
असार ३० गते । स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन नेपालले मंगलबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी संस्थाको औपचारिक घोषणाका साथ केन्द्रीय तदर्थ समिति समेत गठन गरेको बारे जानकारी गराएको छ ।
“शिक्षक माथिको विभेद विरुद्ध सम्पूर्ण शिक्षक तथा कर्मचारी एकता आजको आवश्यकता ” भन्ने नाराका साथ गठन भएको स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन, नेपालले विभिन्न प्रस्ताव समेत पारित गरेको छ । बैठकबाट पारित गरिएका प्रस्तावहरुमा राष्ट्रसेवक कर्मचारीको नाममा विशेष गरी शिक्षक तथा विद्यालय कर्मचारीहरू प्रति राज्यले गरेको विभेदको अन्त्य गरी सम्पूर्ण राष्ट्रसेवक कर्चमारीको आधारभूत सेवा सुविधा समान बनाईनु पर्ने तथा मर्यदाक्रममा शिक्षकलाई पहिलो स्थानमा राखिनु पर्ने,शिक्षकलाई समयानुकूल गतिशील, आधुनिक, वैज्ञानिक तथा प्राविधिक, सीप मूलक र गुणस्तरिय बनाई सबै सार्वजनिक तथा सामुदायिक विद्यालयमार्फत शिक्षा प्रदान र छात्रवृतिको सुविधा बढोत्तरी गर्नु पर्नेमा निजामति विद्यालय खोलेर नेपालको विद्यालय शिक्षामा गरिएको विभेदकारी नीतिलाई रोक्न निजामति विद्यालय खारेज गरी सार्वजनिक तथा सामुदायिक विद्यालय मात्र हुनु पर्ने ।
नेपाल सरकारको तलव भत्ता खाने सवै राष्ट्रसेवक कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सार्वजनिक तथा सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति यथाशिघ्र लागू गर्नुपर्ने, राहत, उच्च माध्यमिक विध्यालय अनुदान, वाल शिक्षक र विद्यालय कर्मचारीको यथाशिघ्र दरबन्दी निर्माण गराई छिटो भन्दा छिटो स्थायी गराइनु पर्ने , शिक्षक क्षेत्रमा गुणस्तरीयता ल्याउन र कामकाजलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न छिटो भन्दा छिटो शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउनु पर्ने शिक्षक तथा कर्मचारी क्षमता अभिबृद्धि गर्न आधुनिक पद्धतीको तालिम तत्काल सुरु गरी शिक्षक तथा कर्मचारीलाई आवश्यक प्रविधिको उपलब्धता सहित १ वर्षमा कम्तिमा १ पटक अनिवार्य तालिमको व्यवस्था गरिनु पर्ने तथा राज्यको नीति निमार्ण तहमा अनिवार्य रुपमा शिक्षकको प्रतिनिधित्व गराइनु पर्ने र विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक माध्यमिक विद्यालयमा १ वर्ष र १ मनोविमर्शकर्ताको व्यवस्था अनिवार्य गर्ने लगायतका निर्णय गरेको छ ।
त्यसैगरी बैठकले केन्द्रीय तदर्थ समिति समेत गठन गरेको छ जस अन्तर्गत अध्यक्ष रामराज राजवंशी प्रदेश नं. १, महासचिव जीवन तिमल्सिना बाग्मती प्रदेश,  वरिष्ठ उपाध्यक्ष भोजराज भट्ट सुदूरपश्चिम प्रदेश, सचिव सुदिप मिश्र गण्डकी प्रदेश र कोषाध्यक्ष रविन्द्र ढकाल बाग्मती प्रदेशबाट रहेका छन् ।  त्यसै गरी प्रदेश संयोजकमा मात्तृका सुवेदी १ नं. प्रदेश, जयप्रकाश शर्मा २ नं.  प्रदेश, ऋषिश्वर पौडेल बागमती प्रदेश,  लुम्बिनी जिम्मेवारी तोक्न बाँकी छ भने धर्मदत्त पाण्डेय कर्णाली, केशव ओझा सुदूरपश्चिम, कृष्ण न्यौपाने गण्डकी प्रदेश त्यसैगरी केन्द्रीय सह सचिवलाइ प्रदेशको महासचिव र केन्द्रीय सह कोषाध्यक्षलाई प्रदेशको कोषाध्यक्षको जिम्मेवारी तोकिएको छ । कुल ५९ सदस्य रहेकाे केन्द्रीय समिति गठन भएको छ । बैठकले विभिन्न चार विभाग समेत गठन गरेको छ जस अन्तर्गत तालिम तथा प्राविधिक विभाग, सांगठनिक विभाग, समन्वय तथा मूल्याङ्कन विभाग,आर्थिक तथा व्यावस्थापन विभाग समेत गठन गरिएको बागमती प्रदेश समितिका संयोजक ऋषिश्वर पाैडेलले जानकारी दिनुभयाे ।

Comments

comments