रसुवामा चाेर आतंक

283098109_756198959093047_964429899820928404_n

रसुवा, चोरीका आतंक बढेकाे छ । जिल्लामा गत वैशाख पहिलो सातादेखि घटना सुरु भएको थियो । त्यसयता जिल्लामा करिब दुई दर्जनभन्दा बढी घर, सहकारी, वडा कार्यालय, स्वास्थ्य संस्था लगायतबाट चोरी भएको छ । केही संस्था तोडफोड मात्र गरिएको भए पनि घरहरूमा नगद तथा गहना र प्रायजसाे सहकारीबाट नगद चोरी भएको छ ।

रसुवा र नुवाकाेटका गाउँगाउँमा आतंक छ तर अहिलेसम्म प्रहरीले चोरीमा संलग्न व्यक्ति पत्ता लगाउन र गिरफ्तार गरेकाे छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जिल्लाको कालिका र उत्तरगया गाउँपालिकामा चोरीका घटना भएको छ । उत्तरगया गाउँपालिका–५ मा रहेको दुई वटा सहकारीका कार्यालयमा चोरी भएको छ । कालिका बहुउद्देश्यीय सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थामा ताला ताेडेर चोरी भएको हो ।

कालिका बहुउद्देश्य सहकारी संस्थाबाट ७३ हजार ४ सय ४५ रुपैयाँ चोरी भएको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । उत्तरगया गाउँपालिका–४ कर्मीडाँडामा रहेको लहरेपौवा स्वास्थ्य चौकी र स्थानीयको घरमा पनि एकै पटक चोरी भएको छ ।

यसअघि  कालिका गाउँपालिकाको कालिकास्थान धारापानी, बेतिनी तथा उत्तरगया गाउँपालिका–५ को माझगाउँ र बनुवा घुम्तीमा चोरीको घटना भएको थियो । कालिका गाउँपालिकामा विभिन्न ठाउँमा सातवटा निजी घर तथा बेतिनीमा रहेको सामुदायिक स्वास्थ्य एकाइका साथै सहकारी संस्था र उत्तरगया गाउँपालिका–५ वडा कार्यालय निजी घरसमेत तोडफोड भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म चाेरीमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दका अनुसार चोरीमा संलग्नको खोजी कार्य भइरहेको छ । चोरीका घटना स्थानीय भने त्रसित भएका छन् । रातभर जागै रहेर संकास्पद मानिस खाेज्ने कार्य गरिहरेकाे कालिका गाउँपालिका ३ कटुन्जेका हामनाथ ढकालले बताए । सुरक्षा निकायमा खबर गर्ने र रातभर जागा बसेका छाैं । संकास्पद मानिस खाेज्न सुरक्षा निकायले  बिशेष निगरानी बढाउनुपर्ने स्थानीयकाे माग छ ।

 

Comments

comments