रसुवामा निषेधाज्ञा जारी

183502728_811054969547070_2963017062990111637_n

रसुवा, वैशाख २६ गते । रसुवामा कोरोना भाइरस (कोभिड–१९ ) काे दाेस्राे लहरकाे प्रभाव बढ्दै गएपछि सोमबार राती १२ बजेबाट निषेधाज्ञा हुने भएको छ ।कोरोनाका बिरामी दैनिक रूपमा बढ्दै गएकाले संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आइतबार बसेको बैठकले सोमबार राति १२ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालले दिनुभएको जानकारी अनुसार बैठकले सर्वसाधारण, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था सञ्चालन र पसल तथा व्यवसाय सञ्चालनको लागि तीन बुँदे निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेरलगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्ने छ ।

निषेधाज्ञा पछि अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्दा आवश्यक कागजपत्र देखाई प्रहरीसँग समन्वय गरी अनुमति प्राप्त भएपश्चात यात्रा गर्ने, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूमा अनावश्यक भिड गर्न नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो प्रणाली अनुसार कर्मचारी खटाइ काम सुरु गर्ने व्यवस्था मिलाउन पर्ने छ ।183502728_811054969547070_2963017062990111637_n

निषेधाज्ञाकाे समयमा अत्यावश्यक सामग्री, खाद्यान्न , औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सैं घण्टा खुला हुने छ । आदेशको अवेज्ञा गरी कार्य गरे वा गराएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि ढकालले जानकारी दिनुभयो ।

जिल्लामा कारोना संक्रमित १ सय ६५ जना छन् । सवैभन्दा धेरै कालिका गाउापालिकामा ६३ जना रहेका छन् ।

Comments

comments