रसुवामा ५२ जना कोरोना भाइरस संक्रमित

Corona Virus

रसुवा, वैशाख २१ गते । रसुवामा नाेबेल कोरोना भाइरस (काेभिड -१९ ) का  कारण ५२ जना संक्रमित भएका छन् । कोरोना भाइरस (काेभिड -१९ ) को दोस्रो लहर सुरु भएसँगै कालिका गाउँपालिकामा धेरै कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा २२, उत्तरगयामा ८, नौकुण्डमा २ र बाहिरी जिल्लाका ४ जना रहेका छन् । संक्रमितहरूमध्ये ७ जना संस्थागत र ४५ जना होम आइसोलेसनमा बसेका छन् । जिल्लामा हालसम्म २ सय ३३ जनामा कोरोना भाइरस (काेभिड -१९ ) संक्रमित भएका छन् ।  जसमा १ सय ८४ जना निको भए । जिल्लामा हालसम्म १ हजार ९ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय २९ नेगेटिभ र २ सय ३३ पोजेटिभ आएको थियो भने ९० जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे छ । आज १ हजार ७ सय ७५ जना कोरोना भाइरस (काेभिड -१९ )  संक्रमित निको भएर फर्केका छन् ।

Comments

comments