रसुवामा युवा संघ जाग्दै

170032607_4543184432374912_1414691553634518707_n (1)

रसुवा, एमाले निकट राष्ट्रिय युवा संघ नेपाल रसुवाले आफ्नो संगठन बिस्तार लगायतका नियमित गतिबिधी अघि बढाउने भएको छ ।

युवा संघ रसुवाका केन्द्रीय सचिवालय सदस्य अर्जुन न्यौपानेले दिनुभएको जानकारी अनुसार शुक्रबार कालिकास्थमा केन्द्रीय सदस्यहरुको बसेको बैठकले वडादेखि जिल्ला तहको कमिटी गठन, सपथ ग्रहणलगायतका कामले वैशाख महिनाभित्र पूर्णता पाउने छ ।

बैठकमा केन्द्रीय सचिवालय सदस्य दावापेम्बा तामाङ, केन्द्रीय सदस्यहरु दिपक थोक्रा, दिलकृष्ण श्रेष्ठ, रोशन तामाङ सहभागी रहेका थिए । संगठन एकता पछिको बिभाजनका कारण नियमित गतिबिधी कम भएकोले केन्द्रीय सर्कुलर अनुसारका नियमित गतबिधी गर्दै जिल्लामा युवा संघ अब जाग्ने जिल्ला संयोजक महेन्द्र न्यौपाने बताउनुभयो ।170032607_4543184432374912_1414691553634518707_n (1)

Comments

comments