रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे

20220308_115353

नुवाकोट, बिदुर नगरपालिकाको आयोजनामा आधा दर्जन भन्दा बढि गैर सरकारी संघ सस्थाहरूको समन्वयमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला नारी दिवस मनाईएको छ ।  “सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ नुवाकोटलगायत देशभर मार्च ८ अर्थात ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाईएको हो ।20220308_115353

सामुदायिक विकास केन्द्र–नेपाल, महिला मानब अधिकारका लागि महिला, महिला मानबअधिकारका लागि एकल महिला र एकल महिला, छोरी संस्था, शक्ति समूह, उद्यमशील तथा सीप विकास अपाङ्ग संघ, संकल्प नुवाकोट सुआहारालगायतको संस्थाले संयुक्त कार्यक्रम सम्पन्न गरेका हुन् ।

सदरमुकाम बिदुर चोकदेखि नगरपालिका कार्यालयसम्म भएको ¥यालीमा सिर्खाली महिला पञ्चेबाजा समूहका १७ जना महिलाहरुले मौलिक पञ्चेबाजाको प्रस्तुति गरेका थिए । सामुदायिक विकास केन्द्र–नेपालका कार्यक्रम संयोजक योगराज शर्माले ¥याली तथा कार्यक्रममा सहजिकरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रुपमा संघीय संसद नारायणप्रसाद खतिवडा र बिषेश अतिथि प्रदेश संसद तथा पूर्व मन्त्री केशव पाण्डे रहनुभएकाे थियाे ।  बिदुर नगरपालिकाका उपमेयर गिता दहालले अध्यक्षतामा नगरप्रमुख मेयर सञ्जु पण्डित अतिथिका रुपमा हुनुहुन्थ्यो । 20220308_115334

¥यालीमा महिला अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय महिला दिवस सफल पारौं, महिला हिंशा अन्त्य गर, विश्वका महिला एक हौ, महिलाको घरेलु श्रमको मूल्याङ्कन गरौं लागायतका नाराका साथ महिलाको हक अधिकारका पक्षमा गीतहरु पनि गाएका थिए भने “महिला सम्मानको आधार सिप युक्त हात र स्वरोजगार” लगायत अन्तर्राष्ट्रिय नारा सहित महिला, पुरुष, बालबालिका पञ्चेबाजा समूहले कार्यक्रम गरेका थिए ।  प्रमुख अतिथिका रुपमा संघीय संसद नारायणप्रसाद खतिवडा र बिषेश अतिथि प्रदेश संसद तथा पूर्ब मन्त्री केशव पाण्डे, मेयर सञ्जु पण्डित तथा उपमेयर गीता दहाल लगायतलाई पञ्चेबाजाको आफ्नै शैलीमा नाँचेर कार्यक्रममा थप मनाेरञ्जन दिनुभयाे । कार्यक्रममा बिदुर नगरपालिकाले सिर्खाली महिला पञ्चेबाजा समुह र महिला तथा बालबालिका शाखाबाट लक्षित गरिएको तालिमबाट उद्यमी बनेका करिब एक दर्जन महिला तथा समूहलाई सम्मान गरिएको थियो ।

रसुवाकाे उत्तरगया गाउँपालिकामा पनि ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइएकाे छ । गाउँपालिका उपाध्यक्ष चमेली गुरुङले महिलाहरुले आरक्षणमा चित्त बुझाएर बस्ने नभई दक्षता वृद्धि गरेर पुरुषसँग प्रतिस्पर्धा गर्न आग्रह गर्नु भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उत्तरगया गाउँपालिकाको महिला विकास शाखाले आयोजना गरेको ‘सामाजिक न्याय र लैगिक समानाता, दिगो विकासको सुनिश्चताको ’ विषयक वक्तृत्वकता प्रतियोगिताको उद्घाटन गर्दै उहाले महिलाका अधिकार स्थापित गर्न नियम कानुन राम्रा बने पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
उपाध्यक्ष गुरुङले पछिल्लो समय महिलाहरुका अधिकार संविधानमा स्थापित भएको बताउनुभयो । उहाँले घरभित्रै चुलो चौकामा सिमित महिला र विद्यालयमा अध्यनरता छात्राहरुको प्रतिभा प्रष्फुटित गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको भनाइ राख्नु भयो ।

उत्तरगया गाउँपालिका उपाध्यक्ष गुरुङले गृहिणी महिलाहरुलाई अवसर प्रदान गदै चुलो र चौकाबाट बाहिर ल्याउनका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।  ।
उत्तरगया गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रविन्द्र ठकुरीले महिला र पुरुषमा विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न महिला र पुरुषसँगसँगै अगाडि बढ्नुपर्नेमा जोड दिए। उत्तरगया गाउँपालिकाले आयोजना वक्तृत्वकता प्रतियोगिताका ९ जना छात्रा सहभागीा मध्ये निलकण्ठ मावि वोगटीटारकी छात्रा लक्ष्मी लामीछाने प्रथम भएकी छन् । नव बिजयी महेन्द्र माविका छात्रा प्रतिक्षा बुलुङ द्वितीय, डाडाँगाउँ माविका छात्रा क्रिष्टीना घले तृतीय र डाडागाउ माविका छात्रा रुष्मा तामाङले सान्त्वना स्थान प्राप्त गर्न सफल भइन् ।

प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले स्टेशनरी सहित प्रमाणपत्र प्राप्त गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी आमा समूह, टोल विकास संस्था तथा सहकारीहरुबाट बिभिन्न समूहले सहभागीता जनाएका थिए।

Comments

comments