रिकन्डिसनका सामान घट्टेखोलामा अलपत्र

धुन्चे, रसुवा
रसुवागढी भन्सारबाट अवैध रुपमा रिकन्डिसनका सामान ५ ट्रक आयात भएको छ । रिकन्डिसनका सामानहरु भित्रिएको कुरा सुरक्षा स्रोतले जनाएको छ ।

रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरुले भोटेकोषी जलविद्युत आयोजनाको सामान आएको भन्ने चिनियाले मौखिक रुपमा जानकारी गराएपनि के सामान भनेर घोषणा नभए जानकारी दिनुभयो । गाडी सामान ल्याउँदै गरेको भन्ने जानकारी आएको तर आधिकारीक रुपमा पेस नभएको , बाताबरण मन्त्रालय र उर्जा मन्त्रालयको सिफरिस चाहिने वा नचाहिने भन्ने कुरा स्पष्ट छैन पनेरुले बताउँनुभयो ।

ना ३ ख ३८४२, ना ५ ख ५९९५ , ना २ ख ९१४९, ना ३ ख ४४१५ र ना ३ ख ८५० नम्बरका ट्रकमा सामान भित्रिएको र घट्टेखोलामा अलपत्र रहेको छ स्थानीयले बताए ।

रिकन्डिसनका सामान आयात निर्यात गर्न नपाएने भएपनि कसरी ल्याइयो स्थानीयले प्रश्न गरेका छन् । भन्सार प्रमुख पनेरुले भने के सामान हो भन्ने बार स्पष्ट अभएको बताउँनुभयो ।

Comments

comments