रेडपाण्डा समेत चोरी सिकारीका आराेपि का फरार प्रतिवादी

रसुवा , ०७७ चैत्र २२ गते । रेडपाण्डा समेत चोरी सिकारीका फरार प्रतिवादी आमाछोदिङ्मो गाउँपालिका वडा नं. ५ चिलिमेका ४७ को छवाङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिवादीलाई  रसुवा जिल्ला अदालतको मिति २०७५।०१।२४ गतेको फैसलाले रेडपाण्डा समेत चोरी सिकारी मुद्दामा १ वर्ष कैद ठहर भई फरार रहेका थिए । उनीलाई तातोपानी स्थित आफ्नै चौरी गोठमा लुकीछिपी बस्दै आई रहेको अवस्थामा मिति २०७७/१२/२२ गते बिहान ०२:०० बजेको समयमा प्रहरी चौकी थाम्बुचेत रसुवाबाट खटी गएको प्रहरी टोलीले उक्त स्थानबाट पक्राउ गरी ल्याएको हो ।

Comments

comments