विद्यार्थीले लक्ष्य बोक्नुपर्छ

Rabina Nepali
  • रविना नेपाली

कविता
हरपल,हर समय मेहनत गर्नुपर्छ,सफलता छैन टाढा
गुलाफका बोटमा फुल मात्र होइन हुन्छन् तिखा काँडा ।
बोटका तितिखा काँडा हटाई सुगन्ध विद्यार्थीले छर्नुपर्छ
जीवनमा अघि बढ्नअसल लक्ष्य बोक्नुपर्छ ।
असल हाम्रा हात–पाउँ प्रयोग गराैं सिर्जनात्मक काममा
राम्राकामगरिबसौं इज्ज्वत,प्रतिष्ठा र मानमा ।
हाम्रा अविभावक साथै गुरुवर्ग हुन् असल साथी
कहिल्यै कुभलो सोच्नु हुन्न उहाँहरुले हामी माथि ।
ठूलाले दिएका सुझाव सल्लाह सधैं ग्रहण गर्नुपर्छ
नेपालको नाम विश्व सामू हामीले चिनाउनुपर्छ ।
जीवनमा आउने क्षणिक आनन्द हामीले त्याग्नुपर्छ
आफनो जीवनमा लक्ष्य हासिल गर्न नियमित परिश्रममा लाग्नुपर्छ ।
जति पनि बनेका छन् असल चर्चित वर्ग
उहाँहरुले दिनरात गर्नु हुन्छ जीवनमा धरै सड्घर्ष ।
हामी विद्यार्थी पढी–लेखप् असल ज्ञानी बन्नुपर्छ
शान्ति,समृद्धिको उज्यालो ज्योती देशमा छर्नुपर्छ ।।

(कक्षा १२, कालिका हिमालय उच्च मावि)

Comments

comments