रसुवा, तीनवटा विद्यालयलाई पाठ्यपुस्तक तथा स्वास्थ्य सामग्री बितरण गरिएको छ । एलाइड पब्लिकेसनले कालिका बुक्स एन्ड स्टेसनरीसँग सहकार्यमा पाठ्यपुस्तक मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशको पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घको तर्फबाट मास्क तथा स्यानिटाइजर हस्तान्तरण गरिएको छ । रसवाको कालिका गाउँपालिका– १, राम्चेमा रहेको सेतीभूमे माविलाई पाठ्यपुस्तक हस्तान्तरण गरिएको छ । विद्यालयलाई दुई लाख ३० हजार सात सय ७० रुपैयाँ बराबरको पुस्तक सहयोग गरिएको कालिका बुक्स एन्ड स्टेशनरीले जनाएको छ ।
बितरण कार्यक्रममा वडाध्यक्ष मालफर्पा तामाङ तथा पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका प्रदेश सदस्य कुमार लामिछानेलगायतको उपस्थिति रहेको थियो । साथै बागमती प्रदेशको पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घबाट प्राप्त १ जर्किन स्यानिटाइजर र एक हजार थान पेपर मास्क भलायडाँडा स्थित नवविजय माविलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी नौ कुण्ड गाउँपालिका -६ को गोसाइँकुण्ड माविलाई पाँच लिटर स्यानिटाइजर र २० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गरिएकाे जनाइएकाे छ ।
Related Posts
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत
- जेष्ठ नागरिकलाइ न्यानाे कपडा र निःशुल्क स्वास्थ्य परीक्षण
- जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने नेता ढकाल
- विद्यालय छात्रवृत्तिका लागि अक्षयकोषको स्थापना
- नौकुण्ड गाउँपालिकाकाे सार्वजनिक सुनुवाई सम्पन्न