विरुवा कलमी तालिम सम्पन्न

IMG_4226

रसुवा, नेपाल कृषिवन प्रतिष्ठानको आयोजनामा किसानाई बिरुवा कलमी गर्न सिकाउने उद्देश्यले बिरुवा कलमी बारे तिन दिने तालिम सम्पन्न भयो ।

तालिममा नौकुण्डबाट ६, उत्तरगयाबाट १ र कालिका गाउँपालिकाबाट २ वटा नर्सरी सञ्चालक कृषि उद्यमी गरी १७ जना सहभागीलाई बिरुवा कलमी बारे ३ दिने तालिम प्रदान गरिएको हो ।

IMG_4226
प्रशिक्षक राष्ट्रिय कृषि अनुसन्धान परिषदका कृषि बिज्ञ कुमारमणि दाहाल र बागवानी बिज्ञ पुस्कर आचार्यले सहजिकरण गर्नुभएको थियो । एसिया नेपलको सहयोगमा नेपाल कृषिवन प्रतिष्ठानले गाउँमा नर्सरी सञ्चालन गर्दै आएका किसानलाई लक्ष्य गरी तालिम आयोजना गरिएको प्रतिष्ठानका कार्यक्रम संयोजक विष्णुप्रसाद घिमिरेले बताउनुभयो ।

नर्सरीबाट उत्पादन हुने बिरुवाहरूको वानस्पत्तीक प्रशारण अन्तर्गत गुटी, ग्राफ्टिङका बिधिहरू, बडिङ र कटिङ सम्बन्धि प्रयोगात्मक अभ्यास गरिएको थियो । नर्सरी सञ्चालनगर्दा ध्यान दिनुपर्ने कुरा ग्राफ्टिङ गर्नु अघि र पछिअपनाउनुपर्ने सावधानी तथा बिधिहरू तथा नर्सरीमा भएका बिरुवाहरूमा लाग्न सक्ने रोग किराहरूको पहिचान र नियन्त्रण बारे छलफल भएको थियो । सहभागीहरूलाई सिकेचर, ग्राफ्टिङ चक्कुु र ग्राफ्टिङ टेपलगायत सामग्री प्रदान गरिएको थियो । तालिम समापनमा सहभागीहरूलाई नेपाल कृषिवन प्रतिष्ठानका सचिव कमलनाथ आचार्य र नौकुण्ड गाउँपालिका उपायक्ष सिर्जना लामाले तालिममा सहभागीहरूलाई प्रमाण पत्रप्रदान गर्नुभयो ।

sdr

sdr