विश्व शान्तिको कामना गर्दै वृद्ध सेवा धार्मिक समितिद्वारा बोलबम यात्रा सम्पन्न

Yatra bolbam

रसुवा, साउन २८ गते ।  विश्व शान्तिको कामना गर्दै कालिका वृद्ध सेवा धार्मिक समितिद्वारा आयोजित बोलबम यात्रा सम्पन्न भएको छ । साउन २४ गतेदेखि २७ गतेसम्म  भएकाे उक्त यात्रा कालिका गाउँपालिका वडा नं ५ मास्थित नीलकण्ठ महादेव मन्दिर जिवजिवेवाट प्रारम्भ भएको थियो ।

काेराेना जाेखिमकाे समयमा समेत स्वास्थ्य मापदण्ड पालना गरि सुरू भएकाे  यात्रा रसुवा र नुवाकोटको संगमस्थल उतरगया हुँदै नुवाकोटको त्रिशूली, विदुर, ढिकुरे हुँदै कविलास स्थित कपिलेश्वर महादेव मन्दिरमा पुगेर समापन भएको हो । धार्मिक महायज्ञ तथा शक्तिपीठहरूको यात्रा गर्दै आएको उक्त समितिले रुद्रगंगा, बेत्रगंगा, त्रिशूली नदी तथा स्थानीय १ सय ८ वटा मूलहरूबाट सङ्कलन गरिएको पवित्र जललाई कलश यात्रा सहित श्रावण २५ गते सोमबार सुप्रसिद्ध कपिलेश्वर महादेवलाई चढाइएको कार्यक्रमका संयोजक पण्डित नारायण देवकोटाले जानकारी दिनुभयाे ।

बोलबम यात्रा अवधिभर आफू मौन व्रत बस्ने कार्यक्रम समेत रहेको यात्रा संयोजक पण्डित देवकोटाको भनाइ छ । ०६२/०६३ को जनआन्दोलनताका प्रसिद्ध तीर्थस्थल उत्तरगया बेत्रावतीमा पितृ मोक्ष तथा गणतन्त्रको कामना गरी श्रीमद्धभागवत ज्ञानयज्ञ गरी धार्मिक यात्रा सुरु गरेको थियो । समितिले २०७१ सालमा रसुवा जिल्लामै पहिलो पटक नीलकण्ठ महादेव मन्दिरबाट यात्रा प्रारम्भ गरी सुप्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डको जल त्रिशूलधारा, सूर्यकुण्ड सुन्दरीजल हुँदै पशुपतिमा अर्पण गरेको गरिएकाे थियाे । Yatra bolbam

त्यस वर्षदेखि निरन्तर हरेक वर्ष फरक फरक स्थानका शिवालयहरूमा रुद्री पाठसहित जलधारा र बोलबम यात्रा तथा लोपोन्मुख छत्र भजन कार्यक्रम समेत गरिरहेको समितिका अध्यक्ष पुष्पराज देवकोटाले बताए । वोलवममा करिब २५ जना को सहभागिता रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयाे ।

निलकण्ठ कालिका बृद्ध तथा धार्मिक सेवा समितिका साथै केही उत्साही धार्मिक व्यक्तित्वहरुको सहयात्रामा आयोजित उक्त कार्यक्रममा २० जनाको उपस्थिति थियो । रुद्रगंगा, बेत्रगंगा, त्रिशूली नदीलगायत १०८ मूलको पवित्रजल कलसमा बोकेर कालिका गाउँपालिका ५ निलकण्ठको चरणबाट सुरु गरिएको उक्त बोलबम यात्रामा झण्डै ५१ किमी कालोपत्रे सडक र करिब ६३ किमी कच्ची सडक, गोरेटो, घोडेटो, खोल्साखोल्सी, साँगुरा गल्ली जस्ता बाटोमा नाङ्गा गोडाले ३दिनसम्मको निरन्तर यात्रा गर्दै कविलासका महादेवलाइे रुद्रीपाठ सहितको जलधारा तथा महाद्वीप प्रज्वलन गरी यात्रा प्रारम्भ स्थलमा नै पुगेर सुसम्पन्न भयो । यस क्रममा क्रमश: रामलक्ष्मण, उत्तरगया, सन्तानेश्वर महादेव, राधाकृष्ण, लक्ष्मीनारायण, राक्षेश्वर महादेव, नाट्यश्वरी आदि शक्तिपीठहरूको दर्शन परिक्रमाका साथै कपिलेश्वर महादेवको मन्दिर पुग्नुभन्दा केही किमी टाढा चमेरेलगायतका गुफाहरुको पनि अवलोकन भएकाे थियाे ।

विश्व शान्तिको कामना , भगवत् कृपाले कसैलाई पनि दुःखकष्ट नभइे कार्य सम्पन्न । २०७१ देखि प्रत्येक वर्ष श्रावणमा फरक फरक स्थानको शीव शक्तिपीठमा विशेष अनुष्ठानका साथ नदी वा सरोवरको पवित्र जल चढउने गरिएको । यस कार्यक्रमका परिकल्पनाकार पं.नारायण देवकोटा, चीरव धारण, कलशवाहक, यात्रा अवधिभर मौनव्रत । कृष्णप्रसाद पौडेल र गोकर्ण घिमिरे पनि जल नचढाउन्जेलसम्म मौन । सहभागीहरु समीतिका अध्यक्ष पुष्पराज देवकोटा, प्रेमबहादुर पौडेल, कृष्णप्रसाद पौडेल, गोकर्ण घिमिरे,रामप्रसाद पौडेल तथा अन्यमा विष्णुप्रसाद देवकोटा सचिव (श्री निलकण्ठ महादेव मन्दिर संरक्षण समिति) माधव देवकोटा, युवकुमारी पनेरु लगायत सहभागी थिए । bolmam

Comments

comments