संबिधाबाट प्राप्त अधिकार कार्यन्वयन आवश्यक :ढकाल

फागुन २५ गते । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा रसुवा जिल्ला धैबुङ गाविस ५ को कालिकास्थनमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रत्यक्ष निर्वाचित सांसद जनार्दन ढकालले नेपालको संबिधानले महिलाका अधिकार सुरक्षित गरेपनि त्यसको कार्यान्वय महत्वपूर्ण कुरा भएकोले त्यसका लागी लाग्नु पर्ने बताए । उनले महिला सहभागिाता र रहेक निर्णायक तहमा समावेशी भएकोले स्थानीय तहमा पनि लागू गर्नु पर्नेमा जोड दिए ।DSC06826

जिल्ला महिला तथा बालबालिका कार्यालय , जिल्ला विकास समिति , न्याफ, आत्मनिर्भर केन्द्र , जिल्ला भूमिअधिकार मञ्च , शक्ति समूह, स्वास नेपाल, ओरेकलगायतका सामाजिक संस्थाहरू सहयोगमा स्थानीय कालिका महिला सहकारी जिल्ला भूमिअधिकार मञ्च, महिला अधिकार मञ्च र लालीगुरास महिला सहकारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नमूना परिवारका जोडी तथा महिला अधिकार रक्षाको क्षेत्रमा काम गर्नेहरूलाई सम्मानीत गरिएको थियो ।DSC06955 DSCN9862

लैङ्गिीक समानताका लागी पाईला हाराहारी, सन् २०३० सम्ममा हिस्सा बराबरी , संबिधानलाई ब्यवहारमा उतारौं महिला अधिकार सुनिश्चित गरौं, भन्ने नाराका साथ भएको १०६ औं महिला दिवसमा महिला तथा बालबालिका कार्यालय प्रमुख अन्जु ढुङगानाले समाज र भूमिका फेरिए पनि जेष्ठ नागरिकहरू अपमानित हुने अवस्थाको अन्त्य हुनु पर्ने बताईन् । अधिकारकर्मी सुस्मा न्यौपाने, कालिकास्थान महिला सहकारी अध्यक्ष सीता अधिकारी, एनेकपा माओवादीका पासाङ तामाङ, नेकपा एमालेका जिल्ला कमिटी सदस्य भवानी न्यौपाने, लुम्बन्तीका प्रवेश खनाल, महिला अधिकार मञ्चका मीठू तामाङ, जिल्ला भूमिअधिकार मञ्चका चित्रकुमारी न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सम्पत्ती माथि समान अधिकारका लागी संयुक्त जग्गमधनी पुर्जा अभियानकै रुपमा सञ्चालन गर्नु पर्नेमा महिलाहरुले जोड् दिएका थिए ।

बजार परिक्रमा गरेर र्यालीमा पछि सभामा परण भएको कार्यक्रममा अगुवा महिलाहरुले समानताका लागी महिला अधिकारको संरक्षण हुन पर्ने बताए । श्रमिक महिलाका लागी समान अधिकार लिखित रुपमा सुनिश्चित भएपनि भौतिक तथा मानशिक रुपमा विभेद कायम रहेको , महिला भएकै कारण हुने बिभेद बिरुद्ध महिलाहरु एकबद्ध हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानरुरूबाट जम्मा भएका सहभागीरुरूले कालिकास्थानदेखि घुम्ती बजारसम्म ¥याली गरेका थिए । महिला तथा भूमि अधिकारसम्बन्धी जानकारीमुलक नारा लेखिएको प्लेकार्ड, ब्यानरसहित ¥याली गरिएको थियो । साथै कार्यक्रममा संयुक्त पुर्जासम्बन्धी अपिल पनि वितरण गरिएको थियो । ¥यालीपछि सभा, विविध सांस्कृतिक कार्यक्रम, युवा किशोरीरुरूको वक्तृत्वकला, समाजमा उल्लेखनिय काम गर्ने महिलारुरूलाई सम्मानलगायतको गतिविधि गरिएको थियो ।DSCN9986

कार्यक्रममा पत्रकार , मानवअधिकारकर्मीहरु स्थानीयवासी सहभागी थिए । बक्तृत्व कला प्रतियागीतामा प्रथम हुने रजनी ढकाल , द्धितीय स्मृति लो , तृतीय सन्जु न्यौपाने सान्त्वना प्रवीणा देवकोटा र अन्जना न्यौपानेलाई प्रमाण पत्र तथा नगद परस्का समेत प्रमुख अथिती ढकालले बितरण गरेका थिए ।

Comments

comments