साङजेनकाे सेयरका लागि ११ लाख ४६ हजार कित्ताका लागि आवेदन

Sajnen Hydro

रसुवा, भदाै २६ गते ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड कम्पनीले प्रभावित स्थानीयवासीलाई निष्कासन गरेको हिजो भदौ २५ गते सोमबार साँझ सम्ममा सेयरका लागि ११ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि ६ हजार ३ सय ८५ जनाले आवेदन दिएका छन् ।

भदौ २५ गतेसम्ममा कम्पनीको ११ लाख ४६ हजार ३५० कित्ता सेयरका लागि आवेदन गरेका छन् ।  माथिल्लो सान्जेनबाट १४.८ र तल्लो सान्जेनबाट ४२.५ मेगावाट जलविद्युत उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेड कम्पनीले प्रभावित स्थानीयवासीलाई ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरिएको छ । सेयर आवेदन भदौ ५ गतेबाट खुल्ला गरिएको हो ।

सान्जेन जलविद्युत आयोजना निर्माणबाट निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र न्यून प्रभावितमा वर्गिकरण गरी ४.२५, ३.०, १.५ र १ अनुपातमा बाँडफाँड हुने कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । आमाछोदिङमो गाँउपालिका-५ चिलिमे अति प्रभावित, आमाछोदिङमो गाँउपालिका-४ गोल्जुङ प्रभावित, आमाछोदिङमो गाँउपालिकाका बाँकी वडाहरु सामान्य प्रभावित र बाँकी सम्पूर्ण जिल्लाबासीलाई न्यून प्रभावितमा वर्गिकरण गरिएको छ ।

Comments

comments