सान्जेनकाे सेयरका लागि झण्डै १४ लाख कित्ताकाे आवेदन

Sajnen Hydro

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरि २०७९ असोज ४ गतेसम्म कायम गरेको छ। स्थानीय आयाेजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
मिति २०७९ भाद्र २८ गतेसम्म ७८५२ जना वाट १३९२२२० कित्ता शेयरको लागी रु १३ करोड ९२ लाख २२ हजार वरावरको आवेदन परेको देखिएको भएतापनी शेयर संख्याको आधारमा न्युन आवेदन परेको जनाईएको छ। तर शेयर संख्याको आधारमा कम जनसंख्याका कारण पनि न्युन आवेदन परेको विष्लेषण गरिएकोले शेयर विक्रीको अन्तिम समयमा पर्याप्त आवेदन पर्ने अनुमान गर्न सकिन्छ ।
सान्जेन माथिल्लो जलविद्युत आयोजना १४.८ मे वा को समग्र प्रगति ९६ प्रतिशत रहेको छ भने सान्जेन जलविद्युत आयोजना ४२.५ मे. वा. को समग्र प्रगति ८७ प्रतिशत रहेको छ । सान्जेन माथिल्लो आयोजनाको सम्पुर्ण महत्वपुर्ण संरचनाहरुको निर्माण सम्पन्न भईसकेको भएतापनि मेशीन उपकरण जडानको चिनिया ठेकेदार DONNFANAG ELECTRIC INTERNATIONAL CORPORATION ले ल्याउनु पर्ने मेशीन उपकरण सामानहरु चिनिया नाकामा अड्केको कारण सम्पन्न हुन कठिन परेको कम्पनीले जनाएको छ । सम्पूर्ण उपकरण आयात भएपछि २ भित्रै विद्युत उत्पादन हुन सक्ने देखिएको छ भने सान्जेन जलविद्युत आयोजना ४२.५ मे. वा. को आयोजना अझै ८ महिना लाग्ने अनुमान गरिएको छ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५:३:१.५:१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन्। सो आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Comments

comments