सेनाबाट स्याफ्रुबेँसी-मैलुङ सडक निर्माण तीव्र

mailung sadak

धुन्चे, रसुवा फागुन १९ गते

नेपाली सेनाबाट निर्माणकार्य अगाडि बढेको स्याफ्रुबेँसी–मैलुङ क्षेत्रको सडकको ट्र्याक खोल्ने काम तीव्ररुपमा अगाडि बढेको छ।

नेपाली सेना मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्राविधिक सेनानी सञ्जय केसीका अनुसार २ दशमलव १ किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ जसमध्ये एक किमी डबल लेनको बनाउने काम सम्पन्न भएको छ।

यस्तै, भूकम्पपछि बन्द रहेको शान्तिबजारदेखि मैलुङसम्मको सडक खोल्ने कार्य नेपाली सेनाबाट अगाडि बढिरहेको छ। निर्माणधिन सडकको ब्यबस्थापिका संसदको विकास समितिका सभापति रबिन्द्र अधिकारी सहितको टोलीले बेत्रावती मैलुङ्ग स्याफ्रूबेसी सडक निर्माण कार्यको कार्य प्रगति बारे निरीक्षण तथा अनुगमन कार्यक्रममा सहभागीहरु । उक्त क्षेत्रको भ्रमण सकेर आज जिल्लाका सांसद तथा सेना र राष्टिय योजना आयोगका अधिकारीहरु, जिल्लाका सरकारी प्रतिनिधीहरु, पत्रकारहरु सहभागी थिए ।

हालसम्म साढे तीन किमी सडकका पहिरो पन्छाउने कार्य सम्पन्न भइसकेको र करिब १० किमी लम्बाइको उक्त सडक डेढ महिनाभित्र मर्मत सम्भार र पहिरो पन्छाउने कार्य पूरा गरी मैलुङसम्म यातायात सञ्चालन गराउने तयारी भइरहेको बताइएको छ।

पहिरो हटाउन र नयाँ ट्रयाक  आफैंले खोल्ने भने पनि कम्पनीले भूकम्पपछि रोकिएको काम  अघि बढाएको छैन। कुल लागत  २३ करोड लाग्ने, अहिलेके सडक भन्दा २३ किमी छोटो पर्ने  छ ।
सेनाले पहिरो हटाउन र नयाँ ट्रयाक खोल्न करिब २३ करोड रुपैयाँ लाग्ने बताएको छ। सरकारले अहिलेसम्म १० करोड रकम बिनियोजन गरेको छ।
पासाङ ल्ह्यामु राजमार्गको बेत्रावती –धुन्चे –स्यापू्रुवेशी ५४  किलोमिटर छ। बेत्रावतीदेखि धुन्चेको उकालो र धुन्चेदेखि स्याप्रुवेशीसम्मको ओरालोमा ३५ वटा घुम्ति छन्। राम्चे र मूलखर्कमा जाने पहिरोले यो बाटो बेला बेला अबरोध हुने गर्छ।
नयाँ बन्ने बेत्रावती–मैलुङ–स्यापू्रुवेशी सडकको लम्बाई ३१  किलोमिटर छ।
बेत्रावती स्याप्रुवेशी सडकमा त्रिशुली नदीको किनारै किनार जाने यो सडक खण्डमा घुम्ती हुने छैनन।  पहिरोको जोखिम भने यो बाटोमा पनि उत्तिकै छ।
वैशाखको भूकम्पले  नेपालको चीनसँगको ब्यापारिक केन्द्र तातोपानी नाकाबन्दी भएको थियो। असोजदेखि भारतले नाकाबन्दी लगाएपछि चीनसँगको ब्यापारिक मार्गको रुपमा बनाउन यो बाटो निर्माण राष्ट्रिय प्राथमिकतामा परेको हो। २०७४ सालको मंसिर महिनासम्म मैलुङ–स्याफ्रुशी खण्डमा दुई लेनको ट्रयाक खोलिसक्ने सरकारी योजना छ।

Comments

comments