स्थानीयले गरे सान्जेन जलविद्युत कम्पनीकाे कार्यालय तोडफोड

Sanjen

रसुवा, स्थानीयलाइ कम शेयर दिन लागेकाे भन्दै स्थानीयले सान्जेन जलविद्युत कम्पनीकाे आयोजना कार्यालय तोडफोड गरेका छन । भदाै ५ गतेदेखि बितरण हुन लागेकाे सेयर अनुपातमा असन्तुष्टि जनाउँदै माग पत्र पेस गरेका  थिए ।

स्थानीयले यस अघि मागपत्र समेत पेस गरेका थिए । गत्लाङका केही स्थानीयले शेयर कम बाँडफाँट गर्न लागेको भन्दै सान्जेन जलविद्युत कम्पनीकाे जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका हुन्। शेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै उनीहरूले  कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन्। ५० जना जति स्थानीयहरु कार्यालयमा आएर कार्यालयको संरचनादेखि पार्किङ गरेको गाडी समेत तोडफोड गरेका हुन् ।

जिल्लाको अति प्रभावितमा आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५, प्रभावित वर्गमा आयोजनाले निर्माण गर्ने लाइनबाट प्रभावितमा सोही पालिका वडा नम्बर ४, सामान्य प्रभावित सोही पालिकाको वडा नम्बर १, २ र ३ र न्यून प्रभावित जिल्लाको बाँकी बासिन्दा रहेका छन्।

याे अनुपातमा आमाछोदिङ्मो गाउँपालिकाको १, २ र ३ का वडाबासीले विरोध जनाउँदै आएका थिए ।  उनीहरूले यसअघि पनि सेयर अनुपातको सच्याउन माग गर्दै कार्यालयमा तालाबन्दी गर्ने, ज्ञापनपत्र बुझाउने गरेका थिए। यसको सुनुवाई नगरी सेयर निष्कासनको मिति सार्वजनिक गरेको भन्दै तीनवटा वडामा स्थानीय आइतबार दिउँसो आयोजनाको कार्यालयमा पुगेका थिए। उनीहरू कार्यालयमा पुग्नुअगाडि नै त्यहाँ प्रहरी पुगिसकेका थिए।  सान्जेन जलविद्युत कम्पनी लिमिटेड आईपीओ निष्काशनको तयारीमा छ। कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असाेज ५ गतेदेखि कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ ।

Comments

comments