रसुवा, चैत १२ गते । आमाछोदिङमो गाउँपालिका वडा नं ५ मा निर्माणाधिन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले स्थानीयकाे माग अनुसारको कार्यक्रम कार्यन्वयन गर्ने सहमति भएपछि स्थानीयवासीले गरेको अवरोध खुलेको छ ।
खर्क संरक्षण तथा खर्कसम्म मानिस तथा चौरी हिड्न पुल र बाटोघाट निर्माणको काम आयोजनाले काम गर्ने, शिक्षा क्षेत्रको विकासको लागि विद्यालयको खाता रकम विनियोजन गर्नेर विगतमा सहमति भएको सामाजिक उत्तरदायित्व अन्तर्गतको काम भने आगामी स्थानीय निर्वाचनपछि मात्र काम गर्ने सहमति भएको छ आयोजनाका प्रोजेक्ट इन्जिनियर राजु श्रेष्ठले बताए । अब आयोजनाको काम सुचारु भयो हामीले चौरी पालक कृषकसँग उनीहरुको मागका सम्बन्धमा छलफल तथा बैठक थालेका छौं उनले भने ।
निर्माणाधिन माथिल्लो साङजेन आयोजना भन्दा ५ सय मिटर माथि यस आयोजनाको विद्युतगृह निर्माण हुन लागेको छ । २ वर्ष अघि सुरु भएको आयोजनाको काम १८ प्रतिसत सम्पन्न भएको छ ।
नेपाली साँझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिसत लगानी रहेको छ । आयोजना मूख्य टनेल ४ किमी र पेनसटक समेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।
गत शुक्रबारदेखि स्थानीय आक्रोसित भएर आयोजनाको सवै काम रोकेका थिए । सालासुङगी वाटर प्रालि र स्थानीय वडा नं ५ वडा कार्यालयसँग ०७८ असार २० गते भएको संझौतामा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा वातावरण संरक्षणमा समेत काम नगरेको स्थानीयको गुनासो गरेका थिए । आयोजना स्थल मार्ग निर्माणका क्रममा धेरै जंगल विनास भएको र १० वटा खर्कहरुमा क्षति पुगेकोले त्यहाँ गाइ, चौरी तथा भेडा, बाख्रापालक किसानलाई चरिचरनका लागि खर्क समस्या भएको छ । सडक निर्माणका कारण ठूला ढुङ्गाले पशु हिड्ने बाटो नभएको र घाँस पाउने खर्कमा ठूलो क्षति भएकोले यहाँका २७ जना चौरी तथा भेडा पालक किसान ठूलो समस्यामा परेको किसानको गुनासो थियो ।
निर्माणाधिन माथिल्लो साङजेन आयोजना भन्दा ५ सय मिटर माथि यस आयोजनाको विद्युतगृह निर्माण हुन लागेको छ । नेपाली साँझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिसत लगानी रहेको छ । आयोजना टनेल ४ किमी र पेनसटक समेत ७ किमी रहेको छ भने तातोपानीदेखि ड्याम साइडसम्म पुग्न ३२ किमी सडक निर्माणलगायतका काम भइसकेको छ ।
Related Posts
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- सामाजिक उत्तरदायित्वको संझौता कार्यन्वयन नगरेपछि पाँचदिनदेखि सालासुङी विद्युत आयोजना ठप्प
- रसुवा र नुवाकाेटमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाइयाे
- दुई सय ४८ जना आन्तरिक तथा बाह्य पर्यटकद्धारा रसुवा भ्रमण
- काेराेना संक्रमण बढ्दै
- घुम्ती -जिवजिवे सडककाे धाेबीखाला झाेलुङ्गे पुल जीर्ण