रसुवा, पारस्पारिक जवाफदेहिता परियोजना FHI 360 र सामदयिक विकास केन्द्र बिदुर नुवाकोटको सहजिकरणमा कालिका गाउँपालिकामा मानवअधिकार कार्ययोजना मस्यौदाको कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको छ ।
USAID को आर्थिक सहयोगमा एफएचआइ -३६० र सामुदायिक विकास केन्द्रकाे सहयाेगमा कालिका गाउँपालिकामा मानवअधिकार कार्य याेजनाकाे मस्यौदा समितिका सदस्यहरूको सहजिकरणमा तयार भएको मस्यौदाको पास भएकाे हाे । इन्सेकका रसुवा जिल्ला प्रतिनिधि हेमानथ खतिवडा र सामुदायिक विकास केन्द्रका योगराज शर्माले ०७८ चैत १३ गते मानव अधिकार अनुगमन तथा रिर्पोटिङ र मानव अधिकार कार्ययोजना तथा स्थानीय तहको मानव अधिकार कार्ययोजनाको कार्ययोजना सम्बन्धी मस्यौदा समितिमा छलफल समेत गरी अन्तिम रुप दिएका थिए । स्थानीय सरकारले कार्ययाेजना प्रमाणिकरण गरेपछि कानून सरह लागू हुने प्रावधान छ ।
साेही कार्ययोजना चैत १४ गते कालिका गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित भएको गाउँपालिका उपाध्यक्ष तथा मस्यौदा समितिका संयोजक भवानीप्रसाद न्यौपानेले बताउनुभयो ।
मानवअधिकार राष्ट्रिय कार्ययोजनामा भएको व्यवस्था अनुरुप पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मूलभूत पक्षहरू बारे विभिन्न चरणमा छलफल गरी स्थानीयतहरूले मानव अधिकार कार्ययोजना तयार गरी कार्यपालिकाले पारित गरेको हो । कार्ययोजना निर्माणका लागि सहजिकरण गर्ने अधिकारकर्मीहरूलाई धन्यवाद दिँदै योजना अनुरुप स्थानीयतहले विभिन्न सामाजिक सङ्घसंस्थाहरूसँगको सहकार्य गरी मानव अधिकारसम्बन्धी कार्यक्रम तयार गर्ने समेत न्यौपानेले बताउँनुभयो ।
स्थनीय तहको कार्ययोजना तयार गर्ने गरी सरोकारवालाहरूको सहभागितामा कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको संयोजकत्वमा ०७८ भदौ १९ गते ११ सदस्य रहेको मस्यौदा समिति गठन भएको थियाे । समितिमा पालिकाका पाँचै वडाका वडा अध्यक्षहरू मालफुर्पा तामाङ, बिक्रम लोप्चन, पुष्पराज न्यौपाने, मंगलमान तामाङ र रामहरी देवकोटा साथै सामुदायिक विकास केन्द्र नेपालका प्रतिनिधि, मानव अधिकारकर्मीका तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का जिल्ला प्रतिनिधि हेमनाथ खतिवडा, पत्रकार गीता न्यौपाने, महिला अधिकारकर्मी मिठू तामाङ र सदस्य सचिवमा कालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रहनुभएकाे थियाे ।
पाँच वर्षदेखि सामुदयिक विकास केन्द्र नुवाकोटको समन्वयमा पारस्पारिक जवाफदेहिता परियोजनाले मानव अधिकार र महिलाहरुको अगुवाइमा समस्या पहिचान , समस्याहरुको विश्लेषण , योजना छनौट , योजना कार्यान्वयन तथा नेतृत्व क्षमता अभिवृद्धिमा सहजीकरण र सशक्तीकरणको माध्यमबाट विभिन्न नीति निर्माण, परिमार्जन तथा कार्यान्वयनका लागि सशक्त रूपमा अधिकारकर्मी संघ संस्थाहरु र दातृ निकायहरु संग समन्वय सहकार्य गर्दै पैरवी गर्दै आइरहेको कार्यक्रम अधिकृत राजु आचार्यले बताउनु भएको छ । चैत १३ गते भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य अर्जुनप्रसाद पौडेल ,कालिका गाउँपालिका ३ वडाका वडा अध्यक्ष पुष्पराज न्यौपाने, इलाका प्रहरी कालिकास्थानका इन्चार्ज कासीराम बुढा ,स्वास्था शाखा प्रमुख नवराज न्यौपानेलगायत बिभिन्न क्षेत्रका सदस्याहरुको सहभागिता रहेको थियो । गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत वाचस्पति सुनाारले अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकारकर्मी संघ र सामाजिक संस्थाहरुको समन्वय तथा सहकार्यमा मानव अधिकार तथा सामाजिक न्यायका अभियानमा कालिका गाउँपालिका काले काम गरिरहेको बताउनुभयो ।
स्थानीय तहमा सरकार, समुदाय , गैर सरकारी संस्था र साझेदार संस्थाहरुसँगको छलफलका आधारमा संविधान तथा कानुनले निर्दिष्ट गरेअनुसार मानव अधिकारको बिभिन्न हक अधिकार सुनिश्चित गर्नका लागि कालिका गाउँपालिकाद्धारा मानव अधिकार संरक्षण सम्बन्धी रणनीति २०७८ तयार गरिएको कालिका गाउँपालिकाले जनाएको छ ।