स्वयमसेवा गर्दै युवा संघ

218763575_1289913234744557_1871790970513298217_n

रसुवा, साउन २ गते । राष्ट्रिय युबा संघ नेपाल, रसुवाले उत्तरगया गाउँपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने स्वास्थ्य चौकीहरुमा माक्स वितरण गर्नुका साथै स्वयमसेवा गरेका  छन् ।

राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सदस्य दिलकृष्ण श्रेष्ठको नेतृत्वमा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई सफल पार्न उत्तरगया गाउँपालिका सबै स्वास्थ्य चौकीहरुमा भिडलाई व्यवस्थापन गर्न स्वयमसेवक परिचालन भएकाे छ । बोगटीटार सामूदायिक स्वास्थ्य इकाईलाई ५ सय थान  माक्स, ५ बाक्स मिनरल वाटर पानी बितरण गरिएको केन्द्रीय सदस्य श्रेष्ठ बताउँनुभयो । 218763575_1289913234744557_1871790970513298217_n

उत्तरगया गाउँपालिका डाँडागाँउ, ठूलोगाँउ, लहरेपौवा स्वास्थ्यचौकी र बोगाटीटार सामुदायिक स्वास्थ्य इकाईमा प्रत्येक स्वास्थ्य चौकीमा दैनिक ४/५ जना राष्ट्रिय युबा संघ नेपालका सदस्यहररू भिड ब्यवस्थापनका लागि स्वयम् सेवक परिचालन भई रहेको केन्द्रीय सदस्य श्रेष्ठ बताउनुभयाे । जेष्ठ २६ गतेदेखि रसुवाका उत्तरगया,  कालिका , नौकुण्ड , गोसाईकुण्ड र  आमाछोदिङमो गाउँपालिकामा गरी १९ वटा स्वास्थ्य चौकीहरुमा ६० देखि ६४ वर्षका उमेर समूहकालाई कोभिड -१९ विरुद्धको खोप भेरोसेल खोप लगाउने कार्य भईरहेको छ ।

Comments

comments