एकैदिन ७ हजार ६६० जना कोरोना भाइरस संक्रमित

Corona virus

नाेबेल कोरोना भाइरस (काेभिड -१९ ) का कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६ सय ६० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये सबैभन्दा बढी संघीय राजधानी समेत रहेको बागमती प्रदेशमा ४ हजार ५ सय ७८ जना छन् भने लुम्बिनी प्रदेशमा १ हजार ९ जना संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा ६ सय ७ जना, प्रदेश २ मा ४ सय ३६ जना, गण्डकी प्रदेशमा ४ सय १८ जना कर्णाली प्रदेशमा २ सय १३ जना र सुदूरपश्चिम प्रदेशमा ३ सय २६ जना संक्रमित थप भएका छन् ।

र, सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जना संक्रमित थपिएका छन् ।

Comments

comments