तामाङकाे ‘अन्तिम सन्देश ‘ नामकाे म्यूजिक भिडियो सार्वजनिक

186504640_855445888393018_8663136873288566516_n

जेठ १ गते । रसुवाकाे आमाछाेदिङमाे गाउँपालिका वडा नं ४ गाेल्जुङ गाउँमा जन्मेर ब्यवसायमा लागेका गायक मानबहादुर तामाङकाे ‘अन्तिम सन्देश ‘ नामकाे म्यूजिक भिडियो सार्वजनिक भयाे । काेराेना भाइरस (कोभिड-१९) को महामारीका बीच तामाङले समय सान्दर्भिक गीत र म्यूजिक भिडियो आमाको मुख हेर्ने दिनको सार्वजनिक भयाे ।

दु:ख र सुखमा जुन अवस्थामा  पनि आमालाई माया गर्नुपर्छ भन्ने भाव यो गीतले बोकेको छ । अहिले काेराेना भाइरस ( कोभिड-१९) को कहरलाइ समेटेर ‘ सन्चो छैन मलाई ‘ बोलको गीत ल्याएको गायक तामाङले बताउँनुभयाे । तामाङकाे  आफ्नै युट्युब मन खुशी च्यानलबाट सार्वजनिक भएकाे ‘ अन्तिम सन्देश ’ गीति भिडियाेमा हेर्ने र सेयर गर्ने बढेकाे छ ।

समेटिएका केही शब्द .….186504640_855445888393018_8663136873288566516_n

आमा तिम्राे याद आयाे धेरै

राेए आज उठेर सबेरै

पाखुरीमा बल हुन्जेल

गोजीमा दाम रहुन्जेल

बिर्से आमा तिमीलाई

सासै फेर्न गारो भो

अहिले ज्यान प्यारो भो

सम्झे आमा तिम्लाई…………….

गायक तामाङ नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् । ०७४ मा राष्ट्रिय संगीतकर्मी संघ रसुवाको वरिष्ठ सल्लाहकार भए । ०७७ मा भने उनले राष्ट्रिय संगीतकर्मी संघ वाग्मति प्रदेशको महासचिवको भए । । आमाले सानो बेलामा मातृभाषामा ” ग्लोबरी सा गरजीन्झी, पुङबारी ना गरजिन्झी ” भनेर कहिले काहीं आमा खुशी नभएको बेलामा भनेको कुरालाई आधार मानेर यो गीत तयार पारेको तामाङले बताउनुभयाे । यसको अर्थ ‘ फोक्सोमा सास भराइसकें, पाखुरीमा मांसपेशी भरिसके ‘ हुन्छ तामाङले बताउनुभयाे। उहाँले गीत सुनेर सबै सन्तानले आमालाई धेरै माया गरुन् भन्ने अपेक्षा राखेकाे बताउँदै उहाँले भन्नुभयाे ” सबै आमाहरूलाई खुसी बनाउने प्रयसमा मैले यो गीत सिर्जना गरेको हुँ ।”

गीतमा द भ्वाइस अफ नेपाल सिजन-३ कि प्रतिभागी लक्ष्मी स्याङ्गतानले तामाङलाई गायनमा साथ दिएकी छिन् । अशोककुमार सापकोटा, पवित्र काफ्ले, सिम्रन मोक्तन, देवकी अभिलाषी, सुफिस मदन, सावित्री श्रेष्ठ र मानबहादुर तामाङले संयुक्त रुपमा यो गीतको शब्द रचना गरेका छन् । मानबहादुर आफ्नै  कम्पोज रहेको यो गीतलाई सुफिस मदनले एरेन्ज गरेका छन् ।

भिडियोले मनाेरञ्जन मात्र हाेइन काेराेना महामारीबाट बच्न सामाजिक दुरी कायम गरौँ नत्र कोरोना सर्छ भन्ने सन्देश दिन खाेजिएकाे छ । यो गीतको म्यूजिक भिडियोमा गायक तामाङसहित नायिका एलिना रायमाझी, गायिका लक्ष्मी स्याङतान, आमाको अभिनयमा भुन्टी सिरियलकी ख्यातिप्राप्त कलाकार श्रीमती कृष्ण खड्का र डाक्टरको अभिनयमा जिस्ना चौधरी आदिको अभिनय रहेको छ । भिडियोलाई दिनेश तामाङले निर्देशन गरेका हुन् भने दृष्य दिनेश मुस्कानले खिचेका हुन् ।

बिस्तृतका लागि पुरै म्यूजिक भिडियो यहाँ हेर्नुहोस् :

Comments

comments