प्रधान न्यायाधीशकाे पुत्ला दहन

IMG-9b19cf283e5a32e3f60c401ba5e92b29-V

असार २८ गते  , रसुवा जिल्लाको विभिन्न स्थानमा सर्वोच्च अदालतको असंबैधानिक फैसला विरुद्ध युवाहरूले राँके जुलुससहित प्रर्दशन गर्नुका साथै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको पुत्ला दहन गरिएको छ ।

मङ्गलवार साँझ रसुवाको सदारमुकाम धुञ्चे, आमाछोदिङमो गाउँपालिकाको चिलिमे र गोसाईकुण्ड गाँउपालिकाको स्याफ्रुबेशीमा नेकपा एमाले निकट युवा संघ नेपालको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसला विरुद्ध राँके जुलुस सहित प्रर्दशन गरेको हो । सो क्रममा उनीहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध नाराबाजी गर्दै पुतला दहन समेत गरेको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिपक लामाले बताउनुभयाे । IMG-9b19cf283e5a32e3f60c401ba5e92b29-V

सो बिरोद्ध कार्यक्रम आमाछोदिङमो गाउँपालिका चिलिमेमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रोशन तामाङले गोसाईकुण्ड गाँउपालिका स्याफ्रुबेशीमा राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य दावापेम्बाको नेतृत्वमा सम्पन्न गरेका हुन् । स्याफ्रुबेशीमा भएकाे बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष कार्नेल तामाङले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विदेशी दलालहरूको निर्देशनमा सञ्चालन भएकोले सोमबार असंबैधानिक फैसला गर्न बाध्य भएको बताउनुभयो । सर्बोच्च अदालतको फैसलाले नै प्रधानमन्त्री नियुक्ति हुने हो भने अनि संसद निर्वाचित किन गर्नु पर्यो ? उहाँले प्रश्न गर्नुभयाे । IMG-237b2c35377b32cf3511beb03b73864f-V

सर्बोच्च अदालतले विदेशी सर्बोच्च अदालतले सोमबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै नेपाली काँग्रेस सभापति  शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । प्रधान न्यायाधीशकाे कदम बिरूद्ध युवा संघले ठाउँ ठाउँमा बिराेध सभा तथा पुत्रला दहन गरेकाे राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य दावापेम्बाले बताउनुभयाे ।

Comments

comments