रसुवा, जिल्लाको उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा गएराती चोरी भएकाे छ । ब्यक्तीकाे घरदेखि सहकारी संस्था र सरकारी कार्यालयमा समेत चाेरी भएकाे छ ।
केही दिन अघि उत्तरगया गाउँपालिका २ र ३,को डाडागाउमा विभिन्न घरमा चोरी तथा तोडफोड भएको घटना सेलाउन नपाउदै उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा १३ स्थानमा चोरी र तोडफेडको घटना भएको छ । हिजो शुक्रवार राति उत्तरगया गाउँपालिका वडा नम्वर-५ वडा कार्यालय सहित केही पसल र व्यक्तीको घर तोडफोड भएको थियो भने चोरी भएको भने र कालिका गाउँपालिकामा ९ घरमा चोरीको घटना भएको प्रहरी जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी निरीक्षक झलक शर्माका अनुसार धेरैजासो खाली भएका घरमा तोडफोड र चोरी भएको हो । कालिका गाउँपालिका वडा नम्वर ३ मा रहेको शिवशक्ति बचत तथा ऋण सहकारीवाट ३ लाख १५ हजार ७ सय ५४ नगद चोरी भएको छ । यसै बीच कालिका गाउँपालिका वडा नं ३ धारापानी रामचन्द्र गोतामेको सुनकाे तिलहरी सुनको जन्तर र औँठी समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । यसै बीच कालिका-२ गन्तव्य पेट्रोल पम्प नजिक डिल्ली ढकाल र भगवती न्यौपानेको घरमा चोरी भएको छ भने कालिका ३ बेतनी स्वास्थ्य ईकाईमा समेत तोडफोड भएको छ ।
यसै उत्तरगया गाउँपालिका वडा नम्वर वडा–५ वडा कार्यालयमा पनि चोरी भएको छ । वडा कार्यालयको मूल गेट सहित ४ वटा ताला ताेडेर सिसि क्यामेराको माेनिटर समेत चोरी भएको छ र वडा कार्यालयको बिभिन्न कार्यकक्षको दराज समेत तोडफोड भएको छ । ४ वटा पसल र ब्यक्तीको घरमा र चोरी भएको छ । राति कति बेला चोरी भयो भन्ने एकिन नभएको स्थानीय बताउँछन । घरको दोस्रो तलमा बसे पनि भूइतलामा चोरी भएकाले त्रासको अवस्था सिर्जना भएको हाे । यता कालिका ३ का शंकर न्यौपानेले प्रहरी चौकीकै नजिक चोरीका घटना बढ्नु सुरक्षा कमजोरी भएको गुनासो गरे ।
पछिल्लो समय दैनिकरुपमा भइरहेका तोडफोड र चोरी घटनाले सुरक्षामा केही प्रश्न र संशय स्वभाविकरुपमा उठेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निशिक्षक झलक शर्माले बताउनुहुन्छ । घटनाबारे प्रहरीले अनुसन्धान र सम्भावित तोडफोड र चोरीका घटना रोक्न नियमित गस्ती र निगरानीसमेत बढाएको प्रहरी निरीक्षक शर्मा बताउनुहुन्छ । बसाइसराईले खाली भएका घरमा तोडफोड र चोरी भएकाले बहुमूल्य गरगहना सुरक्षित स्थानमा राख्न र नगद कारोवार बैकिङ कारोवार गर्ने समेत अनुरोध गर्नुभयो ।
Related Posts
- बाल यौन दुरुपयोगको अभियोगमा होस्टल वार्डेन थुनामा
- ठूलो स्याफ्रुमा सिंचाइ योजनाले स्थानीय किसान उत्साही
- अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी IPO निष्कासन हुने
- पारस्पारिक जवाफदेहिता कार्यक्रम समापन
- स्थानीयलाइ रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर निष्कासन
- माथिल्लो सान्जेनको १४.८ मेगावाट विद्युत चाँढै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने