जिल्ला समन्वयमा समितिमा एमाले बहुमत, प्रमुखमा अशोक घिमिरे विजयी

286357971_10226597932310452_7024459662028153950_n

रसुवा, जेठ २८ गते । जिल्ला समन्वय समिति रसुवाको शनिबार भएको निर्वाचनमा प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा एमालेका नेताहरू विजयी भएका छन् ।

कुल ९ सदस्यका लागि भएकाे निर्वाचनमा मत बराबरी भएपछि गोलाप्रथा गरिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा नेकपा एमालेका अशोक कुमार घिमिरे, उपप्रमुखमा एमालेकै विजय लामा निर्वाचित भएका छन् ।

समितिको सदस्यहरूमा नेकपा एमालेका कामी छिरिङ तामाङ, खुवा प्रसाद पौडेल र नेपाली कांग्रेसका खिल बहादुर न्यौपाने निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा एमालेकी देशी रानी तामाङ, नेपाली कांग्रेसकी कारतोक लामा र कांग्रेसकै सबिता गुरुङ निर्वाचित भएका छन् । दलित तथा अल्पसंख्यक सदस्यमा नेपाली कांग्रेसकी पार्वती विश्वकर्मा निर्वाचित भएकी कार्यालयले जनाएको छ ।285020564_10226597933830490_7367421663642321020_n

पाँच वटा गाउँपालिका रहेको यस जिल्लामा पालिकाको अध्यक्ष तथा उपाध्यक्षमा एमाले र कांग्रेसले ५/५ सिट जितेका थिए । जिससको पदाधिकारी चयनका लागि अध्यक्ष तथा उपाध्यक्षले मात्र मतदान गर्ने व्यवस्था छ । मतबराबर आएपछि गोलाप्रथाबाट कार्यसमिति चयन गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयाे । यसपटक दुवै पक्षाबाट प्रमुख र उपप्रमुखमा पुरूष मात्र उम्मेदवार थिए ।

Comments

comments